सन्राइज बैंकका ग्राहकले स्वास्थ्य उपाचर गराउँदा २० प्रतिशत छुट पाउने

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

साउन २३, काठमाण्डौ | सन्राइज बैंकले आफ्ना ग्राहकहरुलाई स्वास्थ्य बीमा योजना अन्तर्गत विशिष्ठ सेवा पुर्याउने हेतुले देशभरका ८० भन्दा बढी निजी अस्पतालहरुसँग सम्झौता गरेको छ । बैंकका अनुसार आफ्ना ग्राहकहरुले स्वास्थ्य परीक्षण गराउँदा ५ प्रतिशत देखि २० प्रतिशतसम्म विशेष छुट पाउने भएका छन्।

आफ्ना कोही पनि ग्राहक यस सेवाबाट वञ्चित् नगराउने लक्ष्यका साथ बैंकले अरु निजी अस्पतालहरुसँग समेत सम्झौताको क्रम जारी राखेको जनाएको छ । तोकिएका अस्पतालहरुमा छुट पाउनका निम्ति ग्राहकहरुले बैंकको भिसाकार्ड (डेविट वा क्रेडिट कार्ड) देखाउनु पर्नेछ ।  साथै ग्राहकको सहजताको लागि बैंकले १ वर्ष सम्मको लागि भिसाकार्ड निःशुल्क प्रदान गरेको छ ।  बैंकले मनमोहन मेमोरियल सामुदायिक अस्पतालसँग स्वास्थ्य उपचारमा १० प्रतिशत छुट प्रदान गर्ने सम्झौता गरेको छ ।  उक्त सम्झौतासँगै ग्राहकहरुले सुविधा पाउने अस्पतालको संख्या ८४ पुगेको बैंकले जनाएको छ।

अस्पतालहरुको नाम तथा छुटको विस्तृत विवरण बैंकको वेवसाईट http://www.sunrisebank.com.np मार्फत प्राप्त गर्न सकिनेछ ।

उल्लेखित छुट बाहेक तोकिएको अस्पतालमा भर्ना भई उपचार गर्दा ग्राहकहरुले बैंकवाट रु १ लाखसम्मको स्वास्थ्य बीमा सुबिधा तथा रु ५ लाखसम्मको दुर्घटना बीमा सुबिधा समेत प्राप्त गर्न सक्नेछन्। यी सबै बीमा सुबिधाहरु बैंकका ग्राहकहरुले निःशुल्क प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply