२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालमा कोरोना संक्रमित ९ पुग्यो, सुदूरपश्चिममा थपिए ३ नयाँ संक्रमित

२०७६, २२ चैत्र शनिबार ०८:०२

चैत २२, काठमाडौं । कैलाली र कन्चनपुरमा थप तीन जनामा कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ ।

संक्रमितको पछिल्लो विवरण स्वास्थ्य मन्त्रालयको आधिकारिक फेसबुक पेजबाट सार्वजनिक गरिएको छ । मन्त्रालयका स्रोत अनुसार संक्रमितमध्ये एक जना स्थानीय हुन् भने २ जना बाहिरबाट आएका हुन् । सातौं केस धनगढीको पहिलो र नेपालको चौथो संक्रमितका भाउजू हुन् । उनी ३४ वर्षीया महिला हुन् । 

आठौँ केश लम्की कैलालीका २१ वर्षीय पुरुषमा देखिएको छ । उनी केही समयअघि भारतको मुम्बईबाट आएका हुन् । उनी क्वारेन्टाइनमा थिए ।

नवौँ केश भारतको उत्तराखण्डबाट आएका कञ्चनपुरका ४१ वर्षीय पुरुषमा देखिएको छ । उनी पनि क्वारेन्टाइनमा रहेका थिए ।

संक्रमित तीनै जनालाई अहिले सेती प्रादेशिक अस्पताल धनगढीको आइसोलेसनमा राखिएको छ ।

कैलाली र कञ्चनपुरको यो घटनाले पहिलो पटक नेपालभित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण पनि पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना