कमल रावल/भदौ १५, अछाम । जिल्लामा शैक्षिक गुणस्तर बृद्धिका लागी एकले अर्कालाई दोष दिनु भन्दा सबै सरोकारवाला एक भएर अघि बढनु पर्नेमा एक कायक्रमका सहभागिले जोड दिएका छन ।

जिल्लामा खस्कदो अबस्थामा रहेको शिक्षाको गुणस्तर बृद्धिका लागी अभिभावक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल रावल/भदौ १५, अछाम । जिल्लामा शैक्षिक गुणस्तर बृद्धिका लागी एकले अर्कालाई दोष दिनु भन्दा सबै सरोकारवाला एक भएर अघि बढनु पर्नेमा एक कायक्रमका सहभागिले जोड दिएका छन ।

जिल्लामा खस्कदो अबस्थामा रहेको शिक्षाको गुणस्तर बृद्धिका लागी अभिभावक"/>

2026-10-14 05:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

शिक्षाको गुणस्तर वृद्धिका लागी सबै एकजुट भएर अघि बढौँ

कमल रावल/भदौ १५, अछाम । जिल्लामा शैक्षिक गुणस्तर बृद्धिका लागी एकले अर्कालाई दोष दिनु भन्दा सबै सरोकारवाला एक भएर अघि बढनु पर्नेमा एक कायक्रमका सहभागिले जोड दिएका छन ।

जिल्लामा खस्कदो अबस्थामा रहेको शिक्षाको गुणस्तर बृद्धिका लागी अभिभावक, शिक्षक, विद्यार्थिको त्यतिकै भुमिका रहेको जोड दिएका थिए । शिक्षाका लागी राष्ट्रिय अभियान नेपाल जिल्ला समन्वय समिती अछामले सदरमुकाम मंगलसेनमा आयोजना गरेको दिगो विकास लक्ष्यमा शिक्षा विषयक अन्तक्र्रिया कार्यक्रममा वोल्दै निमित्त जिल्ला शिक्षा अधिकारी विश्व ढकालले शिक्षाको क्षेत्रमा सरकारी तथा गैरसरकारी क्षेत्र थुप्रै लगानी भएपनी लगानी अनुसारको प्रतिफल हासिल हुनु नसकेको बताउनु भयो । 

विद्यार्थिलाई विद्यालयमा भर्ना गराउनु मात्र नभई कसरी टिकाउन सकिन्छ भनेर अब प्रभावकारी शिक्षण सिकाई हुनु पर्नेमा जोड दिनु भयो । जिल्लाको शैक्षिक उपलब्धी अझै पनी न्युन भएकाले शिक्षाको क्षेत्रमा काम गर्ने सबैले सोच्नु पर्नेमा जोड दिनु भयो । 

माथिल्लो तहको शैक्षिक गुणस्तर भन्दा जग देखिको शिक्षा नै वलियो बनाउन तिर सबैले जोड दिनु पर्नेमा उहाँको जोड रहेको थियो । कार्यक्रमको सहजकर्ता तथा विशिष्ट अथिती शिक्षाका लागी राष्ट्रिय अभियान नेपालका केन्द्रिय कोषाध्यक्ष लाल बहादुर ओलीले शिक्षा क्षेत्रको गुणस्तरका लागी एक्लै केहि नहुने भएकाले सबैले हातोमालोका साथ अघि बढनु पर्ने बताउनु भयो । नेपालको शिक्षा प्रणाली निजी सरकारी क्षेत्र भनेर दुई खाले भएपनी यसलाई व्यवस्थित बनाएर लैजान सके मात्र अझै सुधार आउने बताउनु भयो । 

साथै शिक्षाका लागी राष्ट्रिय अभियान NCE नेपालको बारेमा जानकारी गराउदै दिगो विकास लागी गुणस्तरिय शिक्षा सुनिश्चत गराउन आफुहरुले पैरवी गर्दा आएको बताउनु भयो । शिक्षामा बनेका निती नियम प्रभावकारी रुपमा कार्यान्वयन गराउनका लागी आफनो पैरवीको काम भईरहेको जानकारी गराएका थिए । 

कार्यक्रममा नेकपा एमाले अछामका सचिवालय सदस्य चन्द्र बोहरा, नकेपा माओवादि केन्द्रका मदन कुमार भुल, दलित अगुवा भिम जनाला, पत्रकार महासंघ अछामका सचिव शिवराज ढुगानाले शिक्षा सबैको सर्वजनिक चासोको विषय भएकाले सबैले एकमत भएर अघि बढनु पर्ने सुझाव दिएका थिए ।  

कार्यक्रममा नेपाल शिक्षक संघ अछामका अध्यक्ष पदम राज अधिकारी, नेपाल राष्ट्रिय शिक्षक संगठन अछामका अध्यक्ष नर बहादुर रावल, एकिकृत अखिल नेपाल शिक्षक संगठनका नेत्र बहादुर शाह, रेडक्रस शोसाईटि अछामका सभापति रत्न प्रसाद ढुगानाले शिक्षाको गुणस्तर बृद्धि नहुनुमा शिक्षकलाई मात्र दोष दिने गरेकाले यसमा सबैको कमजोरी भएको बताउनु भयो । 

शिक्षाको क्षेत्रको विकासका लागी राज्यले पनी ठोस निती बनाउन नसकेको उनिरुहरुको भनाई रहेको थियो ।

शिक्षकरुहका पनी अझै थुप्रै मागहरु रहेकाले राज्यले सुनुवाई गर्न नसक्दा यस्तो समस्या आएको बताएका थिए । यस्तै ल्ऋभ्  नेपालको दोस्रो जिल्ला भेलाले नयाँ नेतृत्व चयन गरेको छ । शिक्षाको क्षेत्रमा सरोकार राख्ने थुप्रै संघ सस्थाको प्रतिनिधित्व रहने गरि पुनह केशव रावलको संयोजकत्वमा ९ सदस्यिय समिती चयन गरेको छ । 

जसमा वाक नेपालका तर्फबाट दिलिप बोहरा, पिसविन अछामको तर्फवाट तपेन्द्र ओली, सेतो गुरास वाल विकास सेवा अछामबाट मिना ढुगाना, रामारोशन दैनिकको तर्फबाट नरेश कुमार शाही, रेडियो रामोशनको तर्फबाट कमल रावल सदस्य रहेका छन । अध्यक्ष केशव रावलको अध्यक्षतामा भएको कार्यक्रमको संञ्चालन सदस्य सचिव तपेन्द्र वलिले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश