नेपालमा कोरोना संक्रमित ७५ जना: कुन उमेरका कति जना ?

साझासवाल
3 Min Read

वैशाख २१, काठमाडौँ | नेपालमा कोरोना संक्रमितको शंख्या ७५ पुगेको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आइतबार मात्र १६ जना कोरोना संक्रमित भेटिएका छन् ।

मन्त्रालयका अनुसार आइतबार संक्रमित भेटिएकामध्ये १५ जना बाँके जिल्लामा छन् भने १ जना पर्सा जिल्लाका हुन् ।

नेपालमा हालसम्म १६ जना कोरोना निको भएर घर फर्किएका छन् । बाँकी संक्रमितको देशका विभिन्न अस्पतालमा उपचार भइरहेका छन् भने उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमण हुने महिलाको शंख्या १६ जना छ भने ५९ जना पुरुष रहेका छन् । जिल्लाअनुसार कोरोना संक्रमितहरुको शंख्या उदयपुरमा सबैभन्दा बढी रहेका छन् । उदयपुरमा मात्र २८ जनामा कोरोना संक्रमित भेटिएको थियो । त्यस्तै बाँकेमा १६ जना कोरोना संक्रमित भेटिएका छन् । त्यस्तै पर्सामा ७ जना, काठमाडौँमा ५ जना, कैलालीमा ४ जना, रौतहटमा ३ जना, बागलुङमा २ जना बारामा २ जना, चितवनमा २ जना, झापामा २ जना, भोजपुरमा १ जना, धनुषामा १ जना, कंचनपुरमा १ जना र रुपन्देहीमा १ जना रहेका छन् ।

उमेर अनुसार कति बर्षका कति जना संक्रमित भए कति निको भए ?

० देखि ९ बर्षसम्मका: हालसम्म कोहि संक्रमित छैनन्

१० देखि १९ बर्षका: ७ जना (३ जना निको भएका)

२० देखि २९ वर्षका:  १८ जना (२ जना निको भएका)

३० देखि ३९ वर्षका:  १२ जना (४ जना निको भएका)

४० देखि ४९ वर्षका:  ९ जना (२ जना निको भएका)

५० देखि ५९ वर्षका:  ९ जना (२ जना निको भएका)

६० देखि ६९ वर्षका:  ८ जना (२ जना निको भएका)

७० देखि ७९ वर्षका:  १ जना (निको भएको छैन)

८० देखि ८९ वर्षका:  १ जना (१ जना निको भएका)

९० देखि ९९ वर्षका:  हालसम्म कोहि संक्रमित छैनन्

नेपालमा कोरोना संक्रमित भई निको हुनेमा महिलाको शंख्या ५ जना रहेको छ भने ११ जना पुरुष निको भएका छन् । नेपालमा संक्रमित भएकाहरुको अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

संक्रमित  भएकाहरुमध्ये काठमाडौँका ५ जना, बागलुङका २ जना र कंचनपुरका १ जना कोरोना निको भएका कारण ति जिल्लामा अब कुनै संक्रमित उपचारको क्रममा छैनन् । हाल कैलाली, बाँके, रुपन्देही, चितवन, पर्सा, बारा, रौतहट, धनुषा, उदयपुर, भोजपुर र झापाका कोरोना संक्रमितहरु कोरोनासँग लडीरहेका छन् । सरकारले कोरोना संक्रमित भेटिएका जिल्लाहरुलाई बिशेष ध्यानमा राखेर सतर्कता अपनाएको छ ।

Share This Article
Leave a Comment

Leave a Reply