By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    2 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    2 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    2 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    6 hours ago
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    24 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    5 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    6 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: बाह्र सुरक्षाकर्मीमा कोरोना: उच्च मनोबलका साथ अग्रभागमा
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > बाह्र सुरक्षाकर्मीमा कोरोना: उच्च मनोबलका साथ अग्रभागमा
काठमाडौँ - KTMसमाज

बाह्र सुरक्षाकर्मीमा कोरोना: उच्च मनोबलका साथ अग्रभागमा

साझासवाल
Last updated: May 21, 2020 1:14 pm
साझासवाल
4 Min Read
Share

जेठ ८, काठमाडौँ | कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सरकारले जारी गरेको बन्दाबन्दीको आदेश कार्यान्वय गर्न सुरक्षाकर्मी अग्रपङ्क्तिमा खटिएका छन् । सङ्क्रमको जोखिम कायमै हुँदा सुरक्षाकर्मीले उपलब्ध व्यक्तिगत स्वास्थ्य सुरक्षा अपनाउँदै कार्यस्थलमा काम गरिरहेका कतिपय सुरक्षाकर्मीलाई कोभिड–१९ को सङ्क्रमण देखिएको छ । 

प्राप्त विवरणअनुसार मुलुकमा ४५३ जनामा कोभिड–१९ सङ्क्रमण देखिदा त्यसबाट १२ जना सुरक्षाकर्मी समेत प्रभावित हुन पुगेका छन् । उनीहरुको आइसोलेशनमा राखेर उपचार जारी छ । नेपाल प्रहरीका छ, सशस्त्र प्रहरीका चार र नेपाली सेनाका दुई जनामा कोरोना भाइरस देखिएको हो । सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।

आम सुमदायसँग नियमित रुपमा जोडिन पुग्ने सुरक्षाकर्मीमा रोग देखियो भने नागरिकमा सर्ने सम्भावना अधिक हुन्छ । त्यसतर्फ सचेत हुनुपर्ने आवश्कता सम्बद्ध सुरक्षा अधिकारीहरुले औँल्याएका छन् । स्वास्थ्य परीक्षण र उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई जत्तिकै जोखिम सुरक्षाकर्मीलाई पनि छ । तर स्वास्थ्यकर्मीले झै व्यक्तिगत सुरक्षा सामग्री र आवश्यक सावधानी अपनाउन सकिरहेका छैनन् । 

मानिसको भिडभाड रोक्नुपर्ने भएकाले चाहेर पनि उनीहरुले सामजिक दूरी कायम गर्न सक्दैनन् । कपडा कै मास्कमा सुरक्षा दिएर बस्नु परिरहेको छ । हाल उपलब्ध स्रोतसाधनका बीच उच्च मनोबलका साथ सुरक्षाकर्मीले सरकारको आदेश पालनासँगै आफ्नो कर्तव्य पूरा गरिरहेका छन् ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता नीरजबहादुर शाही सङ्क्रमण फैलिन नदिन सतर्कता अपनाएर उच्च मनोबलका साथ प्रहरीले काम गरिरहेको बताउनुहुन्छ । सङ्क्रमण फैलनबाट रोक्न नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले आवश्यक क्वारेन्टिनको व्यवस्थापन गरेका छन् । घर बिदाबाट आएकालाई क्वारेन्टिनमा राखेर स्वास्थ्य मापदण्डअनुसार परिचालन गर्ने गरिएको छ । 

प्रवक्ता शाहीका अनुसार काठमाडौँको कालीमाटी वृत्तमा कार्यरत प्रहरी सहायक निरीक्षक र प्रहरी नायब निरीक्षकमा बुधबार सङ्क्रमण देखिएपछि वृत्तलाई नै सील गरेर स्वास्थ्य परीक्षण थालिएको छ । धनकुटा, बारामा एक÷एक र कपिलवस्तुमा दुई प्रहरीमा सङ्क्रमण देखिएको छ । उपत्यका प्रहरीको नेतृत्व गर्ने महानगरीय प्रहरी कार्यालयका प्रमुख विश्वराज पोखरेल अग्रपङ्क्तिमा खटिने प्रहरीमा सङ्क्रमण हुनसक्छ भन्ने पूर्वानुमान रहेकाले केहीमा लाग्नु स्वभाविक भएकाले प्रहरी अझै सतर्कताका साथ हतोत्साही नभई कार्यस्थलमा खटिएको बताउनुहुन्छ ।

सीमा क्षेत्रमा खटिएको सशस्त्र प्रहरीका चार कर्मचारीमा समेत कोभिड–१९ को सङ्क्रमण भएको छ । सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता नायब महानिरीक्षक प्रविणकुमार श्रेष्ठ उच्च जोखिम मोलेर मुलुकको शान्ति सुरक्षामा खटिएका सशस्त्र प्रहरीमा केही सङ्क्रमण देखिए पनि मनोबल नघट्ने बताउनुहुन्छ । आवश्यक सुरक्षा मापदण्ड अनुसार नै सशस्त्र प्रहरी परिचालन गरिएको उहाँले बताउनुभयो । नेपाली सेनामा दुई अधिकृतलाई समेत कोभिड–१९ देखिएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले बताउनुभयो । उहाँका अनुसार विदेशमा थप एक जनालाई सङ्क्रमण भएको छ । 

मुलुकको शान्ति सुरक्षा कायम गर्न, आपराधिक घटना रोक्न होस् या अन्य घटना हुँदा आम नागरिकले पहिले सम्झने प्रहरीलाई हो । सामान्य भिडभाड, झै–झगडा, दुर्घटना चोरी, झडप, मुलुकका महत्वपूर्ण निर्णय कार्यान्वयनमा नेपाल प्रहरी अग्रपङ्क्तिमा हुन्छ । अर्को घेरामा सशस्त्र प्रहरी र त्यसपछि नेपाली सेना बसेको हुन्छ । अनुसन्धान विभागले आवश्यक सूचना सङ्कलन गरेर सरकारलाई मुलुकमा आइपर्ने चुनौतिबारे सूचना दिइरहेको हुन्छ ।

हरेक विषयमा अग्रभागमा रहने सुरक्षाकर्मीसामु अहिलेको विषम परिस्थितिमा कोभिड–१९ को सङ्क्रमण रोकथाममा पनि अहम भूमिका हुन्छ । सरकारले आदेश जारी गरेको बन्दाबन्दी कार्यान्वयनमा सडकमा सशस्त्र प्रहरी र नेपाल प्रहरी खटिएको छ । नेपाली सेना स्वाथ्योपचार लगायतका सरकारले तोकेका अन्य क्रियाकलापमा सहभागी भइरहेको छ । सीमा क्षेत्रमा हुने आवागमन रोक्न नेपाल प्रहरी र सशस्त्र प्रहरी सक्रिय छन् । उनीहरुलाई सरकारले आवश्यक बीमाको समेत व्यवस्था गरेको छ । रासस

Share This Article
Facebook Email Copy Link Print
Previous Article थप ९ जनामा कोरोना संक्रमण पुष्टि, ४ जना संक्रमित ९ दिनमै डिस्चार्ज
Next Article हत्या गरिएका युवकको १८ वर्षपछि संस्कार
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMचितवन - CTWमुख्य समाचार

चितवनमा रास्वपा कार्यकर्ता र प्रहरीबीच झडप, ८ प्रहरीसहित २४ जना घाइते

2 years ago
अर्थ/विकासकाठमाडौँ - KTM

नाफा बढाउँदै एनआईसी एसिया बैंक, शाखा बिस्तारमा पनि तीव्रता दिँदै

57 years ago
काठमाडौँ - KTMधादिङ्ग - DHGनुवाकोट - NWKसमाज

नुवाकोटबाट जन्ती लिएर जादैं गरेको बस दुर्घटना, एकको मृत्यु, ४० जना घाइते

57 years ago
काठमाडौँ - KTMबिशेष खबर

क्रिसमसमा जनावरले पाए यस्तो उपहार

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?