साउन ५, काठमाडौँ | एनआईसी एसिया बैंकले गत आर्थिक वर्षमा १ अर्ब ४६ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैँकले यो वर्ष अघिल्लो आर्थिक वर्षको तुलनामा  ३८ प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ५, काठमाडौँ | एनआईसी एसिया बैंकले गत आर्थिक वर्षमा १ अर्ब ४६ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैँकले यो वर्ष अघिल्लो आर्थिक वर्षको तुलनामा  ३८ प"/>
2026-07-25 04:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नाफा बढाउँदै एनआईसी एसिया बैंक, शाखा बिस्तारमा पनि तीव्रता दिँदै

साउन ५, काठमाडौँ | एनआईसी एसिया बैंकले गत आर्थिक वर्षमा १ अर्ब ४६ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैँकले यो वर्ष अघिल्लो आर्थिक वर्षको तुलनामा  ३८ प्रतिशतले बढीले नाफा आर्जन गरेको हो । बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६ करोड ६९ लाख रुपैयाँ नाफा गरेको थियो ।

निक्षेप संकलनमा अब्बल

एनआईसी एसियाले गत आर्थिक वर्षमा ८६ अर्ब ६९ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा २४ प्रतिशतले बढी हो । बैंकले गत आर्थिक वर्षमा ६९ अर्ब करोड निक्षेप संकलन गरेको थियो । हाल ६ अर्ब ६९ करोड २५ लाख चुक्ता पुँजी रहेको बैंकले कर्जा परिचालनमा पनि २२ दशमलव ४६ प्रतिशतले बढाएको छ । गत आर्थिक वर्षमा ७१ अर्ब ५८ करोड कर्जा परिचालन गरेको बैंकले गते आर्थिक वर्षमा ५८ अर्ब ४५ करोड कर्जा लगानी गरेको थियो । 

नाफामा वृद्धि

गत वर्ष बैंकले १ अर्ब ६९ करोड सञ्चालन नाफा कमाएको छ । जुन अघिल्लोे आर्थिक वर्षभन्दा २३ दशमलव ४३ प्रतिशतले बढेको हो । बैंकले गत आर्थिक वर्षमा १अर्ब ३६ करोड कमाएको थियो ।

खराब कर्जा घट्यो

बैंकको पुँजी कोष अनुपात गत आर्थिक वर्षमा १३ दशमलव ९५ प्रतिशत रहेको छ । बैंकले गत आर्थिक वर्षमा खराब कर्जा अनुपात एक वर्षमा शून्य दशमलव ३६ प्रतिशतमा झारेको छ । गत वर्ष बैंकको खराब कर्जा अनुपात शून्य दशमलव ७६ प्रतिशत थियो । बैंकको प्रतिशेयर आम्दानी २२ रुपैयाँ रहेको छ ।

शाखा सञ्जालमा पनि अगाडि

यस बैँकका हालसम्म ११९ वटा शाखा, ४ विस्तारित काउन्टर, ७० एटीएम तथा ४,००० रेमिट्यान्स काउन्टरको सञ्जालमार्फत आफ्ना सेवा प्रदान गरिरहेको बैंकले चालू आर्थिक वर्षभित्र शाखा संख्या २००, एटीएम संख्या ४०० भन्दा बढी, शाखारहित बैंकिङ सेवा २०० भन्दा बढी, पीओएस संख्या २,००० भन्दा बढी तथा रेमिट्यान्स पे आउट एजेन्ट संख्या १०,००० भन्दा बढी कायम गर्ने लक्ष्य लिएको छ ।

बैंकले स्थापनाकालदेखि हालसम्म ५ अर्ब रुपैयाँभन्दा बढी राजस्व तिरेको छ भने आफ्ना शेयरधनीलाई ५ अर्ब ६० करोड रुपैयाँभन्दा बढी लाभांश वितरण गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक