2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मंगलबार २०२ जना नेपाली स्वदेश फर्किए

भदौ २, काठमाडौँ | भदौ १ गते सोमबारदेखि विदेशबाट हुने चार्टर्ड उडान स्थगित भएको अवस्थामा मंगलबार २०२ जना नेपाली स्वदेश फर्किएका छन् । 

कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रले दिएको जानकारी अनुसार मंगलबार स्तानाबुलबाट टिके ४९२४ फ्लाइटमार्फत २०२ जना नेपाली स्वेदेश फर्किएका हुन् । स्वदेश फर्किएका नेपालीहरु मंगलबार अपरान्ह ४:०३ बजे काठमाडौँ स्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । 

स्वदेश ल्याइएसंगै नेपालीहरुलाई नेपाली सेनाको व्यवस्थापनमा प्रादेशिक रुपमा स्थापना गरिएको होल्डीङ सेन्टरमा लागिएको कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रले एक विज्ञप्ति जारी गर्दै जनाएको छ  । 

कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रले भदौ १ गते होटल क्वारेन्टाइन तयार भइनसकेकाले उडान स्थगन गर्नुपर्ने पत्र सरकारलाई पठाएपछि विदेशबाट हुने चार्टर्ड उडानहरु रोकिएका छन् । 

विदेशबाट फर्किने नेपालीहरुलाई व्यवस्थापन गर्न क्वारेन्टाइन अभाव रहेको भन्दै अन्तराष्ट्रिय उडानहरु रोक्न भनिएको एक अधिकारीले बताएका छन् । 

पछिल्लो समय देशमा कोरोना संक्रमण बढ्नुका साथै कतिपय स्थानीय तहले निषेधित क्षेत्र घोषणा गरेकाले उडान रोक्ने व्यवस्था गर्न भनिएको छ । होटल क्वारेन्टाइन सुनिश्चित भएपछि मात्रै उडान स्वीकृति दिने भनिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक