2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना बीमा मापदण्ड संशोधन गरिने, सात दिनभित्र बीमादाबी भुक्तानी दिईने

 भदौ २१, काठमाडौँ (रासस) : नेपालको बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिले कोरोना बीमा मापदण्ड, २०७७ बमोजिम सात दिनभित्र बीमादाबी भुक्तानी दिने व्यवस्था गर्ने भएको छ । कोरोना बीमाका सम्बन्धमा पछिल्ला दिनमा देखिएको दुविधा हल गर्नेभन्दै समितिले आज सरोकारवाला पक्षसँगको छलफलका आधारमा सो व्यवस्था लागू गर्ने भएको हो । 

आइबारसम्म बीमा कम्पनीमा प्राप्त भएका सबै दाबीमध्ये स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतका निकायबाट पिसिआर परीक्षणअनुसार प्राप्त भएका दाबीलाई भुक्तानी दिने निर्णय भएको छ । स्वास्थ्य मन्त्रालयअन्तर्गतका निकायभन्दा बाहेकका प्रयोगशालाबाट प्राप्त दाबीको विस्तृत छानबिन गरी कोरोनाबीमा मापदण्ड, २०७७ को दफा १६ बमोजिम समितिका कार्यकारी निर्देशकको संयोजकत्वमा अर्थ मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रतिनिधि सम्मिलित अनुदान व्यवस्थापन समितिले छानबिन गरी सो समितिले दिने सुझावका आधारमा बीमा दाबी भुक्तानी गर्ने निर्णय भएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिनुभयो । 

उहाँका अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट अनुमति प्राप्त गरेको निजी प्रयोगशालालाई पनि पिसिआर परीक्षण गर्ने अनुमति प्रदान गरेको अवस्थामा के कस्तो ‘अन्डरराइटिङ’ प्रक्रिया अवलम्बन गरी मापदण्ड संशोधन गर्न सकिन्छ भन्ने सम्बन्धमा अध्ययन समितिले दिने सुझावका आधारमा कोरोना बीमा मापदण्ड संशोधन गरिने भएको छ । 

समितिले मापदण्ड संशोधन नहुँदा सम्मका लागि कोरोना बीमालेख खरिद गरेको बीमितलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतका निकायमा पिसिआर परीक्षण गर्न अनुरोध गरेको छ । यस्तै बीमितको पिसिआर परीक्षणमा सहजता प्रदान गर्न समितिका तर्फबाट स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयललाई अनुरोध गर्ने निर्णय भएको पौडेलले बताउनुभयो । 

समितिको पहलमा निर्जीवन बीमा कम्पनी र नेपाल पुनरबीमा कम्पनीबीच एकआपसमा बीमा पुल खडा गरी गत वैशाख ७ गतेदेखि कोरोना बीमालेख जारी गरिएको हो । यस्तै चालु आर्थिक वर्षको बजेट वक्तव्यमा कोरोना बीमामा ५० प्रतिशत अनुदान दिने र राष्ट्रसेवक कर्मचारीको निःशुल्क बीमा गर्ने सरकारले निर्णय गरेको छ । सोही आधारमा समितिले कोरोना बीमा मापदण्ड जारी गरेको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक