2026-06-28 01:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

नाकावन्दीको कारण देखाउँदै डडेल्धुरा जिल्लामा कालोवजारी वृद्धि

ललित बोहरा/ मंसिर २६, डडेल्धुरा । नाकावन्दीको कारण देखाउँदै डडेल्धुरा जिल्लामा कालोवजारी भईरहेको छ । ईन्धन अभावले ढुवानीमा मुल्य वृद्धि भएको भन्दै डडेल्धुरा जिल्लाका व्यपारीहरुले दैनिक उपभोग्य सामग्रीमा कालोवजारी हुने गरेको पाइएको छ । थोक विक्रेता देखी उद्योगले नै मुल्य वृद्धि गरेका ले आफुहरुले पनि मुल्य वृद्धि गरेको वताउँदै आएका डडेल्धुराका व्यवपारीहरुले अहिले आएर चाउ चाउमा समेत मुल्य वृद्धि गर्ने गरेको पाइएको छ ।

अहिले आएर डडेल्धुराका व्यपारीहरुले चाउ चाउमा समेत कालोवजारी गर्ने गरेका छन् । चाउ चाउको पाकेटमा रु १५ लेखिएको भएपनि जिल्ला सदरमुकाम क्षेत्रका खुद्रा व्यवपारीहरुले २० रुपैंयामा विक्रि गर्ने गरेको पाइएको छ । दामी र वाई वाई चाउ चाउको पाकेटमा १५ रुपैंयाँ लेखिएको भएपनि व्यपारीहरु प्रति पाकेटको २० रुपैंयामा विक्रि गर्ने गरेको उपभोक्ताहरुले वताएका छन् । यी चाउ चाउ त खाली उदहारण मात्रै भएको र वजारमा विक्रि हुने अन्य चाउ चाउमा पनि मुल्य वृद्धि भएको पाइएको छ ।

यति मात्रै नभई वजारमा विक्रि भईरहेका प्रत्येक चाउ चाउमा प्रपित पाकेट ५ रुपैंया वढी लिएर विक्रि गर्ने गरेको उभोक्ता चन्द्र भट्टले वताए । १० रुपैंयाँको चाउ चाउमा पाँच रुपैंयाँ वढीमा विक्र गर्ने गरेको भएपनि सरोकारवाला निकायले भने अनुगमन नगरेको भन्दै उपभोक्ताहरुले गुनासो गरेका छन् ।यति मात्रै नभई खाने तेल,सिमेन्ट,चामल,दालमा कालेवजारी हुने गरेको समेत उपभोक्ता भट्टले वताए ।खाने तेलमा दोव्वर मुल्य वृद्धि गरिएको छ भने चाउ चाउ,दाल,चामलमा समेत मुल्य वृद्ध गर्नुका साथै कृतिम अभाव गर्ने गरेको समेत उपभोक्ताहरुले वताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी