Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २४ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मन्त्रिमण्डलमा व्यापक हेरफेर हुने अड्कलबाजी असत्य सावित

२०७७, २८ आश्विन बुधबार १७:१८

असोज २८, काठमाडौँ | मन्त्रिपरिषद्मा आज गरिएको पुनःगठनले केही समययता रिक्त मन्त्रालयले नेतृत्व पाएका छन् । तीन मन्त्रालयको नेतृत्वमा नयाँ अनुहार आएका छन् । यसैगरी मन्त्रिमण्डलमा व्यापक हेरफेर हुने भन्ने कतिपय अड्कलबाजीलाई यो पुनः गठनले असत्य सावित गरेको छ ।

पछिल्लो समयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मन्त्रिमण्डल पुनःगठन, पार्टी एकताका बाँकी काम, संवैधानिक आयोगका रिक्त पदमा नियुक्तिलगायतबारे दैनिकजसो परामर्श हुँदै आएको थियो । नेकपाका शीर्ष नेताहरुका बीचमा पनि धेरै नयाँ अनुहारका मन्त्री पठाउने र अधिकांश पुरानैलाई निरन्तरता दिने भन्नेमा विभिन्न कोणबाट छलफल चलेको थियो । 

गत भदौ २६ गते सम्पन्न स्थायी कमिटी बैठकले पार्टीभित्रको अन्तरविरोध हल गर्दै सङ्घीय र प्रदेश सरकारमा आवश्यकतानुसार हेरफेर गर्ने निर्णय गरेको थियो । सोही कार्यादेशबमोजिम सरकार र पार्टीका कामलाई प्रभावकारीरुपमा सञ्चालन गर्ने सङ्कल्प पनि नेकपाको पछिल्लो सचिवालय बैठकले  गरेको थियो ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मौजूदा मन्त्रिपरिषद्मा केही नयाँ मन्त्रीको पदपूर्तिसहित केही मन्त्रालयको नेतृत्वमा सामान्य हेरफेर गर्नुभएको हो । नयाँ जिम्मेवारीमा रक्षा मन्त्रालयको कार्यभार प्रधानमन्त्री ओली आफैँले लिनुभएको छ भने उपप्रधानमन्त्री एवं रक्षामन्त्री रहनुभएका ईश्वर पोखरेललाई उपप्रधानमन्त्रीसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारी दिइएको छ । विगतमा विनाविभागीयमन्त्री बनाइएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्बाट कार्यालय सञ्चालन गर्न दिइए पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को स्पष्ट जिम्मेवारीसहित मन्त्री तोकिएको यो नयाँ अभ्यास हो । उपप्रधानमन्त्री पोखरेलले कोभिड –१९ रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समिति संयोजकसमेतको भूमिका प्रभावकारीरुपमा निर्वाह गर्नुभएका सन्दर्भमा प्रधानमन्त्री ओलीलाई सघाउने गरी यो नयाँ जिम्मेवारी दिइएको देखिएको छ ।

 नेकपा स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै नेता पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारीसहित मन्त्रिपरिषद्को समग्र कामको संयोजनको भूमिका पाउनुभएको उल्लेख गर्नुभएको छ ।

रिक्त अर्थमन्त्रीमा नियुक्त विष्णुप्रसाद पौडेल विगतमा पनि अर्थमन्त्री भइसक्नुभएका नेकपाका महासचिव हुनुहुन्छ । निवर्तमान अर्थमन्त्री डा युवराज खतिवडालाई राजनीतिक पृष्ठभूमिको अभावका कारण कतिपय बजेट शीर्षकमा पार्टीभित्रैबाट समेत आलोचना भएका स्थितिमा नयाँ अर्थमन्त्री राजनीतिक क्षेत्रको अनुभवी व्यक्ति हुनुभएको छ ।

 निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको राजीनामापछि रिक्त सञ्चारमन्त्रीमा यसअघि महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रहनुभएका पार्वत गुरुङले जिम्मवारी पाउनुभएको छ । उहाँ गत प्रतिनिधिसभामा मुलुककै सबैभन्दा बढी मतान्तरबाट विजयी हुने दोलखाका सङ्घीय सांसद् हुनुहुन्छ । शहरी विकासमन्त्रीमा नियुक्त कृष्णगोपाल श्रेष्ठ लामो समय काठमाडौँ उपत्यकाको पार्टी नेतृत्वमा रहनुभएको थियो । उहाँ पूर्व स्थानीय विकास राज्यमन्त्री पनि हुनुहुन्छ । महिलामन्त्री हुनुभएका सिरहाका लीलानाथ श्रेष्ठ पहिलो पटक मन्त्री हुनुभएको छ । नवनियुक्त मन्त्रीसँग प्रधानमन्त्री ओलीले छलफल गरी सरकारका प्राथमिकताबारे निर्देशन दिनुभएको छ । मन्त्रीहरुको शपथग्रहण बिहीबार हुने जनाइएको छ । बडादशैँपूर्वको यो हेरफेरले पुराना मन्त्रीहरुलाई आत्मबलका साथ काम गर्न र नयाँ मन्त्रीहरुलाई नयाँ उत्साहका साथ कार्यक्षेत्रमा ओर्लन प्रेरणा दिने विश्वास छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ