२०८३, १४ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना भाइरससँग लडिरहेका केही देशका झलकहरु

२०७७, २७ कार्तिक बिहीबार १५:१८

कात्तिक २७, (रासस / सिन्ह्वा) न्युजिल्यान्डमा बिहीबार कोभिड १९ को सङ्क्रमण तीन जनामा देखिएको छ  । एक जना बाहिरबाट आएका व्यक्ति भने दुई जना समूदायभित्रका रहेका बताइएको छ । 

दक्षिण कोरियामा गत २४ मा १४३ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि सङ्क्रमतिको संख्या २७ हजार ९४२ पुगेको छ । 

इजरायलमा गत २४ घण्टमा ५७४ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएपछि कुल सङ्क्रमितको संख्या ३ लाख २१ हजार २३५ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । इजरायलमा गत २४ घण्टामा कोरोना भाइरसबाट १५ जनाको मृत्यु भएपछि मृतकको संख्या २ हजार ६९९ पुगेको छ ।

इटालीमा कोरोना भाइरस सङ्क्रमितको संख्या १० लाख नाघेको यहाँको स्वास्थ्य मन्त्रालयले बुधबार जानकारी दिएको छ ।  इटालीमा एकै दिनमा करिब ३३ हजार सङ्क्रमित भेट्टिएपछि यहाँ कुल सङ्क्रमितको संख्या १० लाख २८ हजार ४२४ पुगेको छ । 

स्पेनमा कोरोना भाइरस सङ्क्रमणको कारण ४० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले बुधबार जानकारी दिएको छ । गत २४ घण्टामा स्पेनमा ३४९ जनाको मृत्यु भएपछि कुल मृतकको संख्या ४० हजार १०५ पुगेको छ । त्यसैगरी स्पेनमा एकै दिनमा १९ हजार ९६ जना सङ्क्रमित थपिएपछि कुल सङ्क्रमतिको संख्या १४ लाख १७ हजार ९६ पुगेको सो मन्त्रालयले जानकारी दिएको छ । 

विश्वभर पाँच करोड १९ लाख ७५ हजारभन्दा बढी व्यक्ति कोभिड–१९ बाट सङ्क्रमित भएको जोन हकिन्स विश्वविद्यालयद्वारा संकलन गरिएको तथ्याङ्कमा उल्लेख छ ।

सबैभन्दा बढी अमेरिकामा एक करोड ३८ लाख चारहजारभन्दा बढी सङ्क्रमित रहेका छन् भने भारतमा ८६ लाख ३६ हजारभन्दा बढी सङ्क्रमित रहेका छन् । 

अमेरिका र भारतपछि बढी सङ्क्रमित भएका मुलुकहरूमा क्रमशः ब्राजिलमा करिब ५७ लाख, फ्रान्समा १९ लाख १४ हजार, रूसमा १८ लाख, स्पेनमा १४ लाख, अर्जेन्टिनामा १२ लाख, बेलायतमा १२ लाख र कोलम्बियामा ११ लाख र इटालीमा १० लाखभन्दा बढी सङ्क्रमित रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले संसद्‌मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु विदेश पठाइ दिन्छु भन्दै लाखौ ठगी गरेको आरोपमा ६ जना पक्राउ एमालेका अध्यक्ष ओलीद्वारा इदको शुभकामना सुनचाँदीको मूल्य घट्यो मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ