महिला टी २० विश्वकपको एसिया छनोट मलेसियामा हुने

साझासवाल
1 Min Read

मङ्सिर २७, काठमाडौँ (रासस) । नेपालले खेल्ने महिला टी २० विश्वकप क्रिकेटको एसिया छनोट मलेशियामा हुने भएको छ ।

नेपालसहित भुटान, चीन, कुवेत, हङकङ, म्यानमा, युनाइटेड अरब इमिरेट्स (युएई) र मलेसिया सहभागी हुने सो प्रतियोगिता सेप्टेम्बर २० देखि २६ तारिखसम्म सञ्चालन हुनेछ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सन् २०२३ मा आयोजना हुने महिला टी २० विश्वकप क्रिकेटका लागि खेल तालिका सार्वजनिक गरेको हो ।

महिला टी २० विश्वकप क्रिकेट प्रतियोगिता सन् २०२३ को फेब्रुअरी ९ देखि २६ तारिखसम्म दक्षिण अफ्रिकामा हुनेछ । पाँच महादेशको क्षेत्रीय छनोट सन् २०२१ को अगष्टदेखि शुरु हुने आइसिसीले जनाएको छ ।

छनोटमा पाँच महादेशका ३७ देश सहभागी हुनेछन् । छनोट प्रतियोगिता पाँचवटै महादेशमा गराइने एसिसीले जारी गरेको सूचनामा उल्लेख छ ।

Share This Article
Leave a Comment

Leave a Reply