२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विद्युत् विक्री गर्न भारतमा हालेको टेन्डरबाट बाहिरियो प्राधिकरण

२०७७, ११ माघ आईतवार ०२:१५

माघ ११, काठमाडौं । वर्षा याममा २५ मेगावाट विद्युत् आपूर्ति गराउने गरी भारतको बीआरपीएल नामक कम्पनीमा हालेको टेन्डरबाट नेपाल विद्युत् प्राधिकरण बाहिरिएको छ । प्रतिस्पर्धामा सहभागी भएका अन्य कम्पनीहरूको भन्दा प्राधिकरणले प्रस्ताव गरेको विद्युत् महसुल दर बढी भएपछि उक्त टेन्डरबाट प्राधिकरण बाहिरिएको हो ।

हाल प्राधिकरणले भारतबाट प्रतियुनिट ६ रुपैयाँ ६२ पैसा (४ दशमलव १४ भारतीय रुपैयाँ) मा भारतीय विद्युत् किन्दै आएको छ । भारतमा पनि सोही दरमा विद्युत् विक्री गर्ने गरि प्राधिकरणले बोलपत्र पेश गरेको थियो ।

तर, अन्य कम्पनीहरूले त्यो भन्दा पनि कम दरमा विद्युत् उपलब्ध गराउने गरी बोलपत्र पेश गरेपछि प्राधिकरण बाहिरिएको हो । प्राधिकरणका निमित्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्रस्ताववित विद्युत् महसुलदर अन्यको तुलनामा बढी भएपछि प्रतिस्पर्धाबाट बाहिरिएको पुष्टि गरे ।

‘हामीले जुन दरमा विद्युत् उपलब्ध गराउँछौं भनेका थियौं । त्यो भन्दा पनि सस्तो दरमा नै विद्युत् उपलब्ध गराउने गरी अन्य कम्पनीहरूले बोलपत्र पेश गरेका रहेछन्,’ उनले भने, ‘यसरी हामीले प्रस्ताव गरेको महसुलदर बढी भएपछि उक्त प्रतिस्पर्धाबाट बाहिरिनुप¥यो ।’ यो समाचार आजको आर्थिक अभियान दैनिकमा  मिलन विश्वकर्माले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट