By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
• मुख्य समाचार
• बैदेशिक रोजगार
बैदेशिक रोजगारShow More
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
4 weeks ago
भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
4 weeks ago
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
3 months ago
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
3 months ago
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै
3 months ago
• राजनीति
राजनीतिShow More
राष्ट्रियसभाको अर्को बैठक आगामी साउन १५ गते बस्ने
3 hours ago
उपसभामुख रुवी कुमारी ठाकुर चीन प्रस्थान
4 hours ago
नर्सिङ होम र बोर्डिङ स्कुलहरू बन्द गरिए यसको परिणाम भयावह हुनेछ: महन्थ ठाकुर
4 hours ago
प्रतिनिधिसभाको बैठक बस्दै
10 hours ago
मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
1 day ago
• अर्थ/विकास
अर्थ/विकासShow More
बुधबार १४ अंकले बढ्यो नेप्से
6 hours ago
सुनचाँदीको मूल्य बढ्यो
10 hours ago
सेयर बजारमा झिनो अंकको सुधार
1 day ago
मंगलबार सुनचाँदीको मूल्य घट्यो
1 day ago
नेप्से परिसूचक ३०.६० अंकले घट्यो
2 days ago
• समाज
• विश्व
• खेलकुद
Reading: आलेख : दोस्रो लहरले ननिम्त्याओस दुर्दशा
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > आलेख : दोस्रो लहरले ननिम्त्याओस दुर्दशा
काठमाडौँ - KTMसमाज

आलेख : दोस्रो लहरले ननिम्त्याओस दुर्दशा

साझासवाल
Last updated: April 29, 2021 9:24 am
साझासवाल
10 Min Read
Share

एकराज पाठक । वैशाख १६, काठमाडौं (रासस)। काठमाडौँभित्र र बाहिर गर्ने मुख्य नाका कलङ्कीको बुधबार साँझको अवस्था हेर्दा यहाँ सरुवा रोगको महामारी छ भन्ने नै लाग्दैनथ्यो । त्यसैले यहाँ बसोबास गर्दै आएका हजारौँ नागरिकले राजधानी शहर छोड्ने तरखर गर्दै थिए । आ–आफ्ना घरगाउँ फर्किने हतारमा रहेका उनीहरु भन्दै थिए “भोलि बिहानै निषेधाज्ञा लागिसक्छ, आजै रातिसम्म काठमाडौँ छोडिसक्नुपर्छ, नत्र पहिलेजस्तै विनाकाम महिनौँ यहीँ थन्किनुपर्छ ।”

धेरैले बसको टिकट लिइसकेका, केहीले समूह समूह बनाएर बस या माइक्रो ‘रिजर्भ’ गरेका र कतिपय कलङ्की पुगेपछि केही न केही साधन पाइहाल्छ त्यसैमा जाऊँला भनेर पनि आएका थिए । सवारीको जोहो नगरी आएकाहरु कलङ्कीको बाबा पेट्रोलपम्पको अघिल्तिर उभिएका थिए र जुन बस या सवारी साधन आयो त्यसैतिर झुम्मिन्थे र चढिहाल्थे । कुनैले सकिनसकी भरेर लगेका थिए भने कति सवारीका ‘स्टाफ’ ले टिकट देखाएर मात्र भित्र छिर्न दिइरहेका थिए ।

दाङ घर बताउने मनलाल चौधरीले तीनवटा गाडी चढेर पनि ओर्लिनुभयो । ती सवारी ‘रिजर्भ’ रहेछन्, उहाँलाई टिकट मिलेन । अन्तिममा राति साढे ८ बजेको एउटा गाडी भेटियो बुटवलसम्म जाने । त्यसमा पनि सिट त थिएन मुडामा बसेर जान उहाँ राजी हुनुभयो ।

यस्तो हत्ते गरेर किन घर जान लाग्नुभयो ? मैले सोधेँ । उहाँको जवाफ थियो, “गत साल मैले धेरै दुःख पाएँ । सरकारले गत वर्षको चैतमा सात दिनका लागि मात्र भनेर लकडाउन ग¥यो । हामी घर जाने समय पनि भएन । हामी सर्वसाधारणले त्यही सात दिनमात्र होला भनेरै बुझ्यौँ तर पछि त्यस्तो भएन, लकडान साउनसम्मै पुग्यो । न यहाँ काम गर्न पाइयो, न केही खाने कुरा भयो नत घर फर्किन पाइयो । यसपालि पनि त्यस्तै हुन्छ भनेर आजै घर हिँडेको ।

मजदुरी काम गर्ने उहाँजस्ता धेरैको बुझाई त्यस्तै छ । सरकारले एक हप्ता मात्र भने पनि यो निषेधाज्ञा कति हप्ता जान्छ थाहा छैन भन्छन् धेरैले । उनीहरुको अनुमान छ– यो हप्तौँ, महिनौँसम्म पनि जानसक्छ । त्यसैले आफ्नो गाउँघरमै गयो भने केही काम पाइन सक्छ, नपाइए पनि घरतिरै खेतीको काम गरेर पनि बाँच्न सकिन्छ भन्ने लागेको छ उनीहरुलाई । गाउँ फर्किँदै गरेका धेरैले यही संशय बोकेका छन् ।

यातायात व्यवसायी महासङ्घका पदाधिकारीका अनुसार सरकारले निषेधाज्ञा गर्ने घोषणा गरेपछिका तीन दिनमा कम्तीमा पाँच लाख नागरिकले काठमाडौँ छोडेका छन् । यसको यकिन तथ्याङ्क नरहे पनि त्यतिका सङ्ख्यामा राजधानीबासी बाहिरिएको अनुमान छ । मङ्गलबार र बुधबार कलङ्की, बल्खु र कोटेश्वरको अवस्था हेर्दा  दशैँभन्दा बढी भिडभाड देखिन्थ्यो । अनुमानित ५० लाखको काठमाडौँमध्ये आधाआधी बाहिरिन दशैँमा जस्तो भीड लाग्थ्यो, यो तीन दिन पनि त्यस्तै देखियो ।

बिहीबारदेखि काठमाडौँ उपत्यका र विभिन्न शहरमा लागू हुने दुई साताको निषेधाज्ञाले कोरोना भाइरस सङ्क्रमण विस्तारको गतिमा कमी आउने अनुमान सरकारको छ । नेपालका जनस्वास्थ्यविद्हरुले घोषित निषेधाज्ञाको अवधिमा सङ्क्रमण विस्तारको क्रम त घट्छ तर गाडीमा यो भीडभाड गरेर यात्रा गर्ने हो भने यसले शहरी क्षेत्रमा केही सुधार आए पनि गाउँगाउँमा भाइरस भित्रिने बताउँछन् ।

करिब दुई हप्तायतादेखि नेपालमा देखिएको कोरोना सङ्क्रमणको दरमात्र होइन यसको असर पनि अत्यधिक सङ्क्रामक रहेको जनस्वास्थ्यविद्हरुको दाबी छ । उनीहरुका अनुसार नेपालमा हाल ‘युके भेरिएन्ट’, ‘डबल म्युटेन्ट भेरिएन्ट’ देखिसकिएको छ । यति मात्र नभएर उनीहरु हाल भारतमा पुष्टि भइसकेको ‘ट्रिपल म्युटेन्ट भेरिएन्ट’ समेत हुनसक्ने आशङ्का उनीहरुको छ । भारतका स्वास्थ्यविज्ञहरुले डबल म्युटेन्ट मात्र नभई ट्रिपल म्युटेन्टसमेत बढेको बताएका छन् ।

स्वास्थ्य मन्त्रालयले दिनहुँ भाइरस सङ्क्रमणका तथ्याङ्क बढेर आउन थालेपछि गरेको एक अध्ययनअनुसार अहिले कोरोना देखिएका एक व्यक्तिले यो सङ्क्रमण दुईभन्दा बढी व्यक्तिलाई सारिरहेको देखिएको छ । ‘‘सङ्क्रमणको विस्तार ज्यामितीय दरमा भइरहेको र भाइरसको सङ्क्रमणको ‘चेन’ तोड्न अहिले नै अत्यावश्यक कामबाहेकका अरु सबै सेवा बन्द गरेर नागरिकलाई घरघरमै राख्नुबाहेकको अर्काे विकल्प नरहेको”, प्रवक्ता प्रा डा जागेश्वर गौतम बताउनुहुन्छ ।

यो अध्ययनपछि मानिसलाई घरबाहिर निस्कन प्रतिबन्ध लगाउनुपर्ने निर्णयमा स्वास्थ्य मन्त्रालयका अधिकारीहरू करिब दुई साताअघि नै पुगिसकेका थिए । प्राडा गौतम भन्नुहुन्छ, “पहिलेको भन्दा यसवर्ष निकै घातक रुपमा महामारी बढिरहेकोले अब यसको चेन ब्रेक गर्न निषेधाज्ञाबाहेकको अर्काे विकल्प नै देखिँदैन ।”

नेपाल सरकार पनि पछिल्लोपटक आएको यो दोस्रो वेभ भनिएको महामारीले प्रभाव फैलाइरहेका देशका १५ जिल्लालाई बढी जोखिमको सूचीमा राखेर निषेधाज्ञाको निर्णयमा पुगेको हो । काठमाडौँ उपत्यकामा पनि बिहीबार बिहान ६ बजेदेखि निषेधाज्ञा शुरु भएको छ र यहाँका सरकारी कार्यालयले पनि अत्यावश्यक बाहेकका सेवा बन्द गरेका छन् । सार्वजनिक यातायात बिहानैदेखि बन्द भएका छन् भने विद्यालय, कलेजहरु सरकारले अघिल्लो हप्ता नै बन्द गरिसकेको छ । बिहीबार बिहानको अवस्था हेर्दा सबैतिर बन्दै देखिन्छ । नागरिकको मानसिकता बुझ्दा उनीहरु यहाँको अवस्था अघिल्लो वर्षको लकडाउनको जस्तो हुने त्रासमा छन् ।

विज्ञहरू तत्कालको निषेधाज्ञ महामारी रोक्न प्रभावकारी साधन हो भन्छन् । उनीहरु सबैलाई खोप लगाउनुपर्ने, अनिवार्य स्वास्थ्य मापदण्डको पालना गर्नुपर्ने, कन्ट्याक ट्रेसिङबाट सङ्क्रमितहरुका वरिपरिका मानिसहरुको नजिक पुग्नुपर्ने, पिसिआर परीक्षणको दायरा बढाउनुपर्ने, बिरामीलाई उपयुक्त स्वास्थ्य उपचारको सुविधा हुनुपर्ने सुझाव दिन्छन् ।

स्थितिमा सुधार आउनका लागि निषेधाज्ञाको प्रभावकारिता अझै बढाउनुपर्ने र एकदेखि अर्काे शहरको आवतजावत तथा एकदेखि अर्को मानिसको भेटलाई टुटाउनुपर्ने उनहीहरुको सुझाव छ । दुई सातामा यसको प्रभाव देखिन थाल्ने र अहिलेलाई यति समय पर्याप्तजस्तो लागे पनि दुई सातामा कोभिडका सङ्क्रमितहरु घट्न थालेपछि पनि निषेधाज्ञाको स्वरुपलाई विस्तारै खुकुलो पार्ने तर ह्वात्तै खोल्न नहुने सुझाव उनीहरुको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा बाबुराम मरासिनीले निषेधाज्ञाको अहिलेको अवस्थामा केही दिनका लागि सङ्क्रमितको सङ्ख्यामा कमी आएको देखिए पनि पुनः चहलपहल बढे फैलिन सक्ने बताउनुहुन्छ । उहाँले अहिलेको निषेधाज्ञाले तत्कालका लागि देशका स्वास्थ्य संस्थाहरुमा देखिएको उपचारको अत्यधिक दबाब र शय्या अभावको अवस्थामा केही सुधार हुने बताउनुहुन्छ ।

अर्को कुरा निषेधाज्ञाले गर्दा हरेक व्यक्तिबीच घुलमिल र सम्पर्क हुन नपाउँदा सङ्क्रमणको जालो तोडिन सक्नेछ र रोगको विस्तार हुन पाउँदैन । यसकारण पनि निषेधाज्ञाले सङ्क्रमण दर घटाउने विश्वास गरिएको हो । तर यतिखेर राजधानी, शहर र बजार क्षेत्रबाट गाउँ जानेहरूबाट सङ्क्रमण फैलिने जोखिम भने कायमै रहेको देखिन्छ । कतिपय विज्ञहरुले एक÷दुई साताको निषेधाज्ञाले फरक नपार्ने र यसलाई कम्तीमा पनि एक महिना लम्ब्याउन सकिएमा सङ्क्रमणको गति सीमित गर्न सहयोग पुग्ने बताउँछन् ।

जनस्वास्थ्यविद् डा रवीन्द्र पाण्डे यसपटकको नयाँ प्रजातिको महामारी अघिल्लो वर्षकोभन्दा निकै खतरनाक रहेको बताउनुहुन्छ । ज्वरो आउने, खोकी लाग्ने, शरीर दुख्ने, कुनै पनि खानाको स्वाद र गन्ध हराउने, पखाला वा र बान्ता हुने, शरीरमा धेरै नै थकान महसुस हुने, निद्रा लागिरहनेमध्ये केही लक्षणहरु देखिएमा पीसीआर परीक्षण गरिहाल्न उहाँको सुझाव छ । उहाँले यसपटक परिवारमा एकजना सङ्क्रमित भएमा सबै सङ्क्रमित हुने अवस्था रहेकोले सङ्क्रमित व्यक्तिलाई धेरै सावधानी अपनाउन र आइसोलेसनमा बस्न पनि सुझाव दिनुहुन्छ ।

उहाँजस्तै यस वर्ष धेरै जनस्वास्थ्यविद्हरुले पिसिआर पोजिटिभ आएमा गतसाल जस्तो जनस्वास्थ्यका मापदण्ड अपनाएर आफैँ घरमा बस्नुभन्दा पनि यसपटकको भाइरसले छिटो कोभिड निमोनिया गराउने भएकाले नजिकको कोभिड अस्पतालको ‘फिभर’ क्लिनिकमा जानुपर्ने बताउनुहुन्छ ।

यस वर्ष मैले खोप लगाएको छु, मलाई पहिले नै भएकोले गत वर्षकै एन्टिबोडीले काम गर्छ भनेर लापरबाही गर्न पनि नहुने र शरीरमा अप्ठ्यारो भएमा तुरुन्त अस्पताल जानुपर्ने जनस्वास्थ्यविद्हरुको सुझाव छ । पहिले बालबालिका तथा युवालाई केही हुँदैन भनेर घरमा बस्ने गरिएकामा यसपटक बालबालिका र युवाको सङ्क्रमणदर झन् बढी र सङ्क्रमितमा गम्भीर समस्या देखिएकोतर्फ पनि सबै सचेत हुनुपर्ने राय उहाँहरुको छ ।

प्रतिरोध क्षमता बढाउनको लागि भन्दै विगतमा नेपालमा पनि बेसार पानी, गुर्जाे या अनेकथरि जडिबुटीको सेवन गर्ने मानिस धेरै थिए । उनीहरुले सेवन मात्र गरेनन् सम्बन्धित चिकित्सक तथा स्वास्थ्यकर्मीको सिफारशबिना नै यो खानु र उखानु भनेर सञ्चारमाध्यमबाटै प्रचार पनि गरे । अहिले पनि कतै अम्बाको पात उमालेर खाने या कतै के भनेर प्रचार गरिएका छन् । तर कतिपय जडीबुटीले शरीरको ‘स्टामिना’ बढाउने काम गरे पनि कोरोनाकै औषधि भनेर केही पनि सेवन गर्नुहँुदैन ।

नेपालमा हाल कोभिड सङ्क्रमण दिन दुइगुना, रात चौगुनाको दरले बढ्दै गएको छ । यही वैशाख १ गतेसम्म दैनिक पाँच सयको हाराहारीमा रहेका सङ्क्रमितको सङ्ख्या अहिले आएर दिनमै चार हजार जना नाघेको छ । बुधबारमात्र अघिल्लो २४ घण्टामा चार हजार ८९७ जना पुगेको तथ्याङ्क सार्वजनिक भएको छ ।

अहिलेसम्म नेपालमा तीन लाख १२ हजार ६९९ जना यो भाइरसबाट सङ्क्रमित भएका छन् भने दुई लाख ७९ हजार २७९ जना निको भएका छन् । यसरी हेर्दा नेपालमा अझै पनि ३३ हजार जनाभन्दा बढी सक्रिय सङ्क्रमति रहेका छन् । यो महामारीबाट तीन हजार जनाभन्दा बढीको ज्यान गइसकेको छ । विश्वमा यसले ३० लाखभन्दा बढीको ज्यान लिइसकेको छ भने करोडौँ नागरिक सङ्क्रमणमा परेका छन् ।

सन् २०१९ कै डिसेम्बरमा चीनको वुहानबाट निस्किएको भनिएको कोभिड १९ जीवाणुले अहिले विश्व विचरण गरिरहेको छ । यो अदृश्य जीवाणुले छ महिनाअघि बेलायतमा फेरि अर्कै स्वरुपको प्रजातिका रुपमा प्रकटा भएको बताइन्छ । वर्षदिन भन्दा लामो समयसम्म पनि त्यही पुरानै जीवाणुलाई परास्त गर्न नसकिरहेका बेला यसले नयाँ नयाँ प्रजातिका रूपमा जन्म लिइरहेको छ । अरु विश्वतिर विभिन्न स्वरुप र चरणमा चाहारिरहेको भनिएको यो जीवाणु यतिखेर नेपालमा पनि दोस्रो लहरका रुपमा फेरि भित्रिएको छ ।

हामीले वर्ष दिनभन्दा लामो समयदेखि यसका बारेमा धेरै सुनेका र जानेका पनि छौँ । अब हरेकले अरु सबै विर्सिएर सबैभन्दा पहिला आफैँलाई बचाउने प्रणका साथ खानपिन, आनीबानी र व्यवहारमा परिवर्तन गरौँ । मानिसको सबैभन्दा प्रिय वस्तु आफ्नै शरीर भएकाले आफूलाई बचाउने प्रणका साथ हामी लग्यौँ भने यसबाट अरुको हुँदै सबैको ज्यान बाँच्ने छ । सबैले मिलेर कामना गरौँ– दोस्रो लहर भनिएको यो महामारीले हामी कसैको घरआँगनमा दुर्दशा ननिम्त्याओस् ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article निषेधाज्ञामा काठमाडौँ उपत्यकाभित्रका पेट्रोलपम्प खुलै रहने
Next Article लय लिन थालेको पर्यटन व्यवसाय पुनः सुस्तायो
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

कैलाली - KLLसमाज

संचारविहिन सुगम जिल्लाको दुर्गम गाविस

57 years ago
काठमाडौँ - KTMमनोरञ्जन

‘कुटुमा कुटु’ बन्यो यूट्यूवमा सबैभन्दा धेरै हेरिएको पहिलो नेपाली गीत (भिडियो)

57 years ago
काठमाडौँ - KTMमुख्य समाचारविश्व

ट्रम्पसँग जुध्न बलियो शक्ति चाहियो भन्दै क्यानडेली प्रधानमन्त्रीले गरे आम निर्वाचन घोषणा

1 year ago
काठमाडौँ - KTMराजनीति

बुझ पचाउँदै कांग्रेस-एमाले, माओवादी अफ्ट्यारोमा, मधेसवादी ‘पर्ख र हेर’

57 years ago

Sport News

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?