2026-07-11 11:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

संचारविहिन सुगम जिल्लाको दुर्गम गाविस

2017-01-26

माघ १३, कैलाली । सुगम मानिने कैलाली जिल्लाको खैराला गाविसमा विकासका आधारभूत पूर्वाधारहरु समेत पुग्न सकेका छैनन् । सडक, विद्युत नपुगेको गाविसमा स्थानीयले संचार सेवा समेत उपभोग गर्न पाएका छैनन् ।

सुन्तला, अदुवा उत्पादनका दृष्ट्रिले उर्वर मानिने खैरालामा विकासका थुपै्र संभावना भए पनि स्थानीयबासिन्दाले राज्यले दिने आधारभूत सुविधाहरु समेत उपभोग गर्न पाएका  छैनन् । जिल्लाका ६ वटा पहाडी गाविसका अधिकांश गाउँको एउटै समस्या छ टेलिफोन नलाग्ने । 

पहाडी गाविसमध्ये पनि संचारको समस्या सबै भन्दा बढी खैराला गाविस छ । जहाँ टेलिफोन सेवा छैन भन्दा पनि फरक पर्दैन । नेपाल टेलिकमको पोष्ट पेड, प्रिपेड नम्बर तथा एनसेलको नेटवर्कले काम गर्दैन । अलि उँचो ठाउँमा टेलिकमको स्काई फोनले मात्रै काम गर्छ, त्यो पनि राम्रोसंग नेटवर्क टिप्दैन ।

मोबाईल नेटवर्क नटिप्ने हुँदा समस्या भएको खैराला गाविस–९, बसन्तपुरका उत्तम साउँदले बताउनुभयो । ‘एकातिर गाउका बस्ती टाढा–टाढा छन् । अर्कोतिर फोन सेवा छैन ।’ गाविसको कुनै एउटा वडामा केही घटना भए अर्को वडामा खबर गर्न घण्टांै हिड्नु पर्छ ।’

गाविसमा नेपाल टेलिकम, एनसेललगायत मोबाईल सेवा प्रदायक कम्पनीका टेलिफोन टावर छैनन् । फोन सेवा विस्तारका लागि कम्पनीहरुले चासो नदेखाएका स्थानीयको भनाई छ । खैराला गाविस–६, सल्लेकाँडास्थित जनता प्राविमा प्रधानाध्यापक शम्भु यादवले कहीं स्काई नम्बरले फोन टिप्ने उल्लेख गर्दै भने–‘घरभित्र टिप्दैन । फोन गर्न अलि अग्लो ठाउँमा जानुपर्छ ।’

गाउँमा नयाँ आउने पाहुनाको त्यहाका बासिन्दासंग एउटै प्रश्न हुन्छ फोन टिप्दैन ? टेलिफोन टावर निर्माणका लागि विभिन्न निकायमा माग गर्दै आएको तर अहिलेसम्म सुनुवाई नभएको खैराला गाविस–४, का डिलबहादुर गुरुङले बताउनुभयो ।

एकिकृत घुम्ती शिविर संचालनका क्रममा खैराला पुगेका कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, स्थानीय विकास अधिकारी केशबप्रसाद बिमलीलगायत उच्च पदस्थ अधिकारीको टोलीसंग पनि खैरालाबासीले टेलिकम सेवा विस्तार गरिदिन माग गरेको थिए । 

प्रमुख जिल्ला अधिकारी रिजालले खैरालामा टेलिकम सेवा विस्तारका लागि नेपाल टेलिकम सुदूरपश्चिम क्षेत्रीय कार्यालयसंग समन्वय गर्ने आश्वासन दिनुभयो ।

 सुचना प्रविधिको क्षेत्रमा विश्वले चामत्कारिक फड्को मारिरहेको बेला खैरालाका बासिन्दाहरुले सामान्य टेलिफोन सेवा पनि प्रयोग गर्न पाएका छैनन् । दुर्गम क्षेत्रमा पनि आफ्नो सेवा विस्तारमा सरोकारवाला निकायले ध्यान दिन जरुरी छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस