२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय पहिचान अभिवृद्धि गर्न वायुसेवा निगमको उल्लेखनीय भूमिका

२०७८, १७ असार बिहीबार ०८:४४

असार १७, काठमाडौँ (रासस)। राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले आफ्नो अनवरत सेवाको ६३ औं वर्ष पुरा गरी स्थापनाको ६४ औँ वर्षमा प्रवेश गरेको छ । विसं २०१५ असार १७ (सन् १९५८ जुलाई १) मा स्थापना भएको निगमले विभिन्न आरोह अवरोहलाई चिर्दै सीमित स्रोत साधनका बीच राष्ट्रिय पहिचान प्रबद्र्धनमा उल्लेखनीय भूमिका निर्बाह गरेको छ ।

देशलाई आइपरेका विभिन्न विपत्तिमा उडान सारथी बनेर होस् या भूकम्प र नाकाबन्दीका बेला पुर्याएको गोगदान स्मरणीय छ । निगमले अहिलेको कोभिड–१९ महामारीका सन्दर्भमा पनि मेडिकल चार्टर्ड उडान, उद्धार उडानलगायतका सेवालाई निरन्तरता दिएको छ ।

निगम स्थापना दिवका अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्रोत, साधन र जनशक्तिको अधिकतम उपयोग गरी आफूले पुर्याउनुपर्ने सेवा प्रदान गरी राष्ट्रिय पहिचान अभिवृद्धि गर्न निगमले उल्लेखनिय भूमिका निर्बाह गरेको बताउनुभएको छ । साथै उहाँले निगमले आफ्नो कार्य सम्पादन र सेवा प्रवाहलाई परम्परागत ढाँचामा सीमित नराखी नयाँ–नयाँ अवधारणासहित भूमिकालाई थप व्यापक बनाई प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभएको छ । 

प्रधानमन्त्री ओलीले कोभिड–१९ महामारीमा पनि निगमले निर्बाह गरेको सक्रियता र सराहनिय कामलाई भविष्यमा पनि निरन्तरता दिई आफ्नो सेवालाई विश्वसनिय एवम् पारदर्शी बनाई राष्ट्रिय आकांक्षा पुरा गर्न निगम सफल बनोस् भनी शुभेच्छा प्रकट गर्नुभएको छ ।

यस्तै पर्यटनमन्त्री लिलानाथ श्रेष्ठ, पर्यटन सचिव यादवप्रसाद कोइरालाले पनि शुभकामना सन्देश दिँदै निगमको सेवालाई थप विश्वसनीय र प्रभावकारी बनाउन लाग्नुपर्नेमा जोड दिनुभएको छ । 

निगमका महाप्रवन्धक डिमप्रकाश पौडेलले निगमलाई व्यवसायिक, पारदर्शी र प्रविधिको उच्चतम उपयोग गर्दै निगमको गौरवशाली साख जोगाउनेतर्फ केन्द्रित भएको उल्लेख गर्नुभएको छ । उहाँले निगमले हवाई बजारमा आफ्नो उपस्थिति दरिलो बनाउने गरी रणनीतिक कार्ययोजना (एकीकृत व्यवसायिक योजना, २०२१(२०३०) तर्जुमा गरी कार्यान्वयन गर्ने तहमा पुगिसकेको अवस्थामा कोभिड महामारीलाई मात्रै व्यवयासिक उपलब्धिको बाधक बनाइनु हुदैन भन्नेमा आफूहरु प्रतिबद्धताका साथ लागि परेको बताउनुभयो । निगमसँग हाल भारतका तीनसहित नौ गन्तव्यमा अन्तर्राष्ट्रिय उडानका लागि दुई वाइड बडी र दुई न्यारो बडी जहाज छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ