पढ्न करिब 3 मिनेट लाग्छ

चैत १९, बैतडी । सामाजिक संञ्जालको सदुपयोगले ठुला काम गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् ।

बैतडीको दुगएम क्षेत्र तल्लो स्वराडका युवाहरु, नेपाली सिम कार्ड समेत नचल्ने उक्त क्षेत्रमा भारतीय मोबाईल प्रयोकर्ताहरु धेरै छन् । नेपाल सरकारका विभिन्न निकाय संग पटक–पटक आग्रह गर्दा समेत आफ्नो मागको वेवास्ता गरेपछि जिल्लाको स्वराड क्षेत्रमा पर्ने शर्मालीका युवाहरुले फेसबुक ग्रुपमार्फत आर्थिक संकलन गरेर आफुले पढेको विद्यालयमा सूचना कक्ष भवन निर्माणमा जुटेका छन् ।

स्थानीय नागार्जुन उच्च माद्यामिक विद्यालयमा पढेर अहिले देश तथा विदेशका विभिन्न ठाँउमा बसोबास गर्दै आएका युवाहरुलाई विद्यालयका प्राचार्य माहामलसिह साउदले फेशबुक गु्रप मार्फत सूचना कक्षको भवनका लागि आग्रह गरेपछि १३ लाख भन्दा बढी रकम संकलन भैसकेको छ ।

उक्त क्षेत्रमा बसोबास गर्ने र फेशबुकको पहुँचमा भएका सबै युवाहरुलाई गु्रपमा एड गरी स्थानीय ठाँउको विकासका लागि छलफल गर्नुका साथसाथै विभिन्न निर्णय पनि हुने गरेका छन् ।

सामाजिक संञ्चालको सही प्रयोगले ठुलो काम गर्न सकिने उदाहरण स्थानीय युवाहरुले प्रमाणीत गरेका छन् ।

अहिले नेपालका विभिन्न सहरमा बसोवास गर्ने पुर्व विद्यार्थि र विदेशमा रोजगारी गर्ने पुर्व विद्यार्थिहरुले श्री नागार्जुन उमावि शर्माली भवन निर्माण सहयोग संकलन अभियानको खातामा १३ लाख ३५ हजार ६ सय ४२ रुपयाँ जम्मा गरीसकेको विद्यालयका प्राचार्य माहामलसिह साउद बताए । “सम्बन्धित निकायसंग धेरै आग्रह गरेपनि पहल नगरेदिएपछि आफै सूचना प्रविधि कक्षमा जुटेका हौँ” साउदले भने ।

विदेशमा रहेका युवाहरुले प्राचार्यले गरको उक्त कामको प्रसंसा गर्नुका साथै आफुहरुले पनि सक्दो सहयोग गरेका छन् । पुर्व विद्यार्थिहरुले आफ्नो क्षमताले भ्याएसम्म पाँच हजार देखि एक लाख सम्म सूचना कक्ष भवनको लागि सहयोग गरेका छन् । अहिले सूचना कक्ष भवनको निर्माण कार्य सुरु भएको छ । उक्त कार्यका लागि १८ लाख सम्म सहयोग दिने विदेशमा बस्ने युवाहरुले प्रतिवद्धता गरेको विद्यालय प्रशासनको भनाई छ ।

युवाहरुले आर्थिक रकम संकलन गरेर भवन तयार गरेपनि सूचना कक्षमा आवश्यक पेर्न उपकरणहरु किन्न आर्थिक अभाव हुने देखिएको छ । युवाहरुले सामाजिक संञ्जालमार्फत आफुहरुले बनाएको भवनमा उपकरणका लागि पहल गरीदिन सम्बन्धित सरोकारवालाहरुलाई आग्रह समेत गरेका छन् ।

विकासको नाममा कार्यकर्ताको पोस्न उत्साहित साजनितिक दल र नितिनिर्माणमा बसेका व्यक्तिहरुलाई शर्मालीका युवाहरुले गरेको प्रयासले केहि पाठ सिकाओस साथै उनिहरुले निमार्ण गरेको सूचना कक्षको भवना आवश्यक उपकरणका लागि पनि सरकारी पक्षबाट पहल होस ।

बैतडीको शर्माली गाविसमा निर्माण हुन लागेको सूचना प्रविधि केन्द्रको भवन । उनिहरुले भवन बनाउन फेशबुक ग्रुप बनाएर विदेशमा रहेका युवाहरुबाट आर्थिक संकलन गरेका हुन् । तस्बिर: साझासबाल