By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    7 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    7 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    8 hours ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    8 hours ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    14 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    13 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    13 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: अबको दुई महिनामा चालक अनुमतिपत्र परीक्षाका लागि फारम भर्नेको परीक्षा लिइसकिने योजना
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > अबको दुई महिनामा चालक अनुमतिपत्र परीक्षाका लागि फारम भर्नेको परीक्षा लिइसकिने योजना
काठमाडौँ - KTMसमाज

अबको दुई महिनामा चालक अनुमतिपत्र परीक्षाका लागि फारम भर्नेको परीक्षा लिइसकिने योजना

साझासवाल
Last updated: March 21, 2022 10:27 am
साझासवाल
6 Min Read
Share

चैत ७, काठमाडौँ । अबको दुई महिनामा चालक अनुमतिपत्र परीक्षाका लागि फारम भरेका सबैको परीक्षा लिइसकिने योजना बनाइएको छ । झन्डै पाँच लाख ७२ हजारले फारम भरेकामा उनीहरुको परीक्षा सञ्चालन हुनेछ । 

यातायात व्यवस्था कार्यालयले अनुमतिपत्रको परीक्षा सञ्चालन गर्न बाँकी रहेकामा पहिले यातायात व्यवस्था विभागले नयाँ अनुमतिपत्रका लागि अनलाइन फारम स्थगित गरेको छ । फारम भरेका सेवाग्राहीकै लामो समयसम्म पालो नआएकाले नयाँ फारम तत्कालका लागि नखुलाइएको विभागका प्रवक्ता डा लोकनाथ भुसालले बताउनुभयो । उहाँका अनुसार आगामी जेठ १६ गतेसम्म सबै अनुमतिपत्रको छपाइ सकिनेछ । सबै कार्यालयसँगको सल्लाहमा अहिलेका लागि फारम भर्न रोकिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “कार्यालयको क्षमताभन्दा सेवाग्राहीको चाप बढी भएकाले व्यवस्थापन गर्न गाह्रो भएको छ ।”

सेवा प्रदायक संस्थाले सेवा अवरुद्ध गर्दा नागरिकलाई असुविधा पुग्ने देखिएको छ । अहिले फारम भरेका सेवाग्राहीको पनि पालो आउन झन्डै एक–डेढ वर्षसम्म लाग्ने देखिएकाले फारम भरे पनि नागरिकलाई सजिलो नहुने प्रवक्ता भुसालले बताउनुभयो । अहिले एकपटक सबै बाँकी सकाएमा त्यसपछि फारम भरेको छोटो समयमा नै पालो आउनसक्छ । उहाँले भन्नुभयो, “सेवाग्राहीको फारम भरेको एक सातामा नै पालो आओस् भन्ने हाम्रो चाहना हो ।”

देशभरका सबै यातायात कार्यालयले आफ्नो जनशक्ति र क्षमता बढाएर पनि चाँडो सबै बाँकी परीक्षा सञ्चालन गर्नुपर्नेमा विभागको जोड छ । यो दुई महिनामा सबै कार्यालयले क्षमता बढाएर सबै (पाँच लाख ७२ हजार)को परीक्षा लिइसक्नुपर्नेमा उहाँले जोड दिनुभयो । देशभरका २३ यातायात कार्यालयमध्ये सबैभन्दा बढी चाप काठमाडौँ उपत्यकाका कार्यालयमा छ । एकान्तकुनास्थित कार्यालयमा झन्डै एकदेखि डेढ वर्षसम्ममा पालो आउने गरेको छ । यी कार्यालयले भएका जनशक्ति बढाएर चाँडो गराउन लाग्नुपर्ने उहाँको जोड छ । अहिले यी सबै कार्यालयले गरी दैनिक पाँच हजारको परीक्षा सञ्चालन गर्दै आएका छन् । यिनले क्षमता बढाएर सात आठ हजार जनासम्मको परीक्षा लिएमा अबको दुई महिनामा सकिने उहाँको भनाइ छ । 

विभागले गत वर्ष कोभिड सङ्क्रमणको जोखिम कम गर्न अनलाइनबाट फारम सुरु गरेको थियो । विभागले फारम भराउने र अनुमतिपत्र छाप्ने काम गर्दै आएको छ । यातायात कार्यालयले परीक्षा सञ्चालन गर्ने, अनुमतिपत्र नवीकरण र वितरण गर्दै आएका छन् । अहिले झन्डै साढे दुई लाख अनुमतिपत्र छाप्न बाँकी रहेको विभागले जनाएको छ । 

चालु आवमा कार्ड अभावका कारण नियमित रुपमा अनुमतिपत्र छपाइ हुन नसकेकाले छाप्न बाँकी अनुमतिपत्र झन्डै साढे चार लाख थियो । मङ्सिरमा १४ लाख नयाँ कार्ड आएपछि अझै साढे दुई लाख अनुमतिपत्र छाप्न बाँकी छ । यो दुई महिनामा पहिलेको बाँकी सबै अनुमतिपत्र छापिसकिने उहाँले बताउनुभयो । विभागले अहिले तीन सिफ्टमा अनुमतिपत्र छापिरहेको छ । विभागले दैनिक छ हजार अनुमतिपत्र छापिरहेको छ । 

नेपालमा विसं २०७२ पुसमा मा ‘स्मार्ट’ चालक अनुमतिपत्र एकान्तकुनास्थित कार्यालयबाट सुरु भएको थियो । एसियाली विकास बैंकको सूचना र सञ्चार प्रविधि (आइसिटी) परियोजनअन्तर्गत भएको सम्झौताका आधारमा चार छपाइ उपकरण (प्रिन्टर) र तीन लाख ५० हजार कार्ड खरिद गरिएको थियो । त्यसपछिका वर्षमा उपत्यकामा रहेका अरू यातायात कार्यालय ठूलो भ-याङ, जगाती र चाबहिल कार्यालयमा उक्त प्रणाली विस्तार गरिएको थियो । उपत्यकामा मात्रै ‘स्मार्ट’ चालक अनुमतिपत्र सुरु भइरहँदा नै उपकरण र कार्ड व्यवस्थापन हुन नसक्दा सेवाग्राहीले समयमै अनुमतिपत्र पाएका थिएनन् । आव २०७३/७४ मा ठेक्कामार्फत नै सात लाख ५० हजार कार्ड र चार थान छपाइ उपकरण खरिद गरिएको थियो । प्रतिघण्टा ६० कार्ड मात्र छाप्ने क्षमताका उपकरणका कारण बिस्तारै छाप्नुपर्ने अवस्था सिर्जना भएको थियो । 

उपकरणकै कारण ढिलाइ भएकाले विभागले विसं २०७६ मा धेरै सङ्ख्यामा एकै पटक कार्ड छाप्न सक्ने उपकरण खरिद गरेको थियो । मदरास सेक्युरिटि पिन्टिङबाट खरिद गरिएको उपकरणको क्षमता प्रतिघण्टा ४५० कार्ड छाप्नेछ । देशभरका सबै कार्यालयबाट ‘स्मार्ट’ कार्ड लागू भएपछि झन्डै आठ लाख कार्ड छाप्न बाँकी भएकामा २०७६ चैतदेखि कोरोना भाइरस सङ्क्रमण न्यूनीकरणका लागि सरकारले लागू गरेको बन्दाबन्दीले यातायातका कर्मचारीले छपाइ सकेका थिए । त्यतिबेलासम्म विभागसँग छाप्न बाँकी (खाली) कार्ड झन्डै दुई लाख मात्र रहेकामा विसं २०७६ फागुनमा थप १४ लाख कार्ड खरिदका लागि प्रक्रिया अघि बढाइएको थियो । कार्ड खरिद भएपछि बाँकीमध्ये आधा छापिसकिएको विभागले जनाएको छ । 

कोभिडका कारण केही समय प्रक्रिया अघि बढ्न नसकेकामा गत वर्ष साउनमा पुनः प्रक्रिया अघि बढाएर फ्रान्सेली कम्पनीसँग कार्ड खरिदको सम्झौता भएको थियो । मदरास कम्पनीले कार्ड र ‘मास प्रिन्टर’ दुवै एउटै कम्पनीले खरिद गर्दा समस्या नआए पनि अहिले कम्पनीले पठाएको नमूना यहाँको सफ्टवेयरमा मिलाउन भने समस्या भएको छ । कार्ड आउन ढिलाइ हुँदा पनि छाप्न बाँकी अनुमतिपत्रको सङ्ख्या बढेको हो । 

अनुमतिपत्र छाप्न समय लाग्ने मात्रै होइन लामो समय कुरेर पाएका कार्डमा समेत समयसमयमा समस्या आइरहेको सेवाग्राही बताउँछन् । लामो समय रोकिएर एकै पटक कार्ड छापिँदा यातायात कार्यालयमा सेवाग्राहीको भीड हुने गरेको छ । त्यसो त कोभिडका कारण अनलाइन भर्न नपाउनेको सङ्ख्या बढ्दै छ भने फारम भरेकाको समेत कहिले परीक्षा हुने भनी अन्योल छ ।

संविधानअनुसार तीन तहका सरकारको अधिकार क्षेत्र तोकिँदा यातायात क्षेत्र तीनै तहको साझा अधिकार क्षेत्रमा परेको छ । एक स्थानीय तहभित्र चल्ने सवारीसाधनको व्यवस्थापनको जिम्मेवारी पालिका, दुई वा त्योभन्दा बढी पालिकामा चल्नेको प्रदेश र अन्तरप्रदेश चल्ने सवारीसाधनको व्यवस्थापनको जिम्मेवारी सङ्घीय सरकारको हुने उल्लेख छ । फरक सरकारबीच समन्वय नहुँदा समय समयमा सेवाग्राहीले समस्या भोग्दै आएका छन् । अनुमतिपत्र छाप्ने एउटा निकाय र वितरण गर्नै अर्काे हुँदा सेवाग्राही अनुमतिपत्रसम्बन्धी समस्यामा यता र उता धाउँदा हैरान हुने गरेका छन् ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article अख्तियारद्वारा कञ्चनपुरको नगरपालिकाका कागजात नियन्त्रणमा
Next Article दर्जनभन्दा बढी नेटो जहाजहरू स्टकहोम प्रस्थान
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMमुख्य समाचारसमाज

शताब्दीऔँ पुरानो ब्रह्मा मन्दिर उत्खनन् गरी पुनर्निर्माण

9 months ago
अर्थ/विकासकाठमाडौँ - KTM

छिमेकी जिल्लाको जोडिएको स्थानीय तहमा घर बनाए अनुदान पाइने

57 years ago
काठमाडौँ - KTMखेलकुद

विश्वकप छनोटको तेस्रो स्थानका लागि आज नेपाल ओमानसँग खेल्दै

57 years ago
काठमाडौँ - KTMराजनीति

गरीव नेपालबाट सम्बृद्ध नेपाल बनाउछौ भनेका हौँ: प्रम ओली

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?