2026-10-03 12:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शताब्दीऔँ पुरानो ब्रह्मा मन्दिर उत्खनन् गरी पुनर्निर्माण

काठमाडौँ | काठमाडौँ महानगरपालिका–८ जयबागेश्वरी, गायत्री मार्गस्थित ब्रह्मा मन्दिर उत्खनन् पश्चात पुनर्निमाण गरी आज उद्घाटन गरिएको छ ।
सो मन्दिरको आज महानगर प्रमुख बालेन्द्र शाह (बालेन) ले उद्घाटन गर्नुभएको हो । उपप्रमुख सुनिता डङ्गोलले, प्राचीन स्मारकको जीवनका रुपमा रहेका आकृति, मूर्ति तथा कलाकृति पुनरुत्थानबाट सांस्कृतिक सहरको पहिचान पुनःस्थापित गर्न योगदान पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “जहाँ मूर्तिको पूजा हुन्छ । मूर्तिलाई त्यहीँ राख्नुपर्छ । यसलाई हामीले अभियानका रुपमा अगाडि बढाएका छौँ ।”
यो मन्दिर हराएकै १०० वर्षभन्दा धेरै भएको थियो । कामपा–८ का वडाध्यक्ष एवं सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गतका अनुसार १९९० साल अघि नै मन्दिर भग्नावशेष भएको थियो । यसपछि झाडी मात्र थियो । पुरातत्व विभागको सहयोगमा मन्दिर उत्खनन गरी यसको प्राचीनताको अध्ययन गरिएको थियो । सङ्गतले भन्नुभयो, “अध्ययनबाट मन्दिर छैटौँ शताब्दीदेखि सातौँ शताब्दीको बीचमा निर्माण भएको अनुमान गरिएको छ । मन्दिरको बनावट र प्रकृतिसम्बन्धी दस्तावेज नपाइएपछि जगको आकृति, प्रयोग भएको निर्माण सामग्रीका आधारमा पुरातत्वविदहरुद्वारा मन्दिरको रेखाङ्कन गराएर पुनर्निर्माण गरिएको हो ।”
प्रहरीको संरक्षणमा रहेको मन्दिरभित्र रहेको चतुर्मुख ब्रह्माको मूर्तिलाई पञ्चाङ्ग निर्णायक समितिले दिएको साइतअनुसार यही कात्तिक १७ गतेको साइतमा प्रहरी परिसरबाट रथारोहण गरी मन्दिरमा लगेर पुनःस्थापना गरिएको थियो ।
वास्तुविद गौरव श्रेष्ठका अनुसार रु एक करोड १२ लाख ४५ हजार लागतमा मन्दिर पुनर्निर्माण गरिएको हो । सडकबाट पाँच फिट उचाइमा पेटी उठाएर मन्दिर निर्माण गरिएको छ । माटो, इँटा र काठको प्रयोगबाट पुनर्निर्माण भएको मन्दिर २३.५ फिट उचाइको दुईतले प्यागोडा शैलीको छ । मन्दिरमा शिरमा तीन फिटको गजुर राखिएको छ । उक्त मन्दिर निर्माणका लागि  २०८१ सालमा शिलान्यास र जगपूजा गरिएको थियो ।
संस्कृतिविद् मुकुन्दराज वैद्यका अनुसार ब्रह्मा मन्दिरको पुनरुत्थानले ग्वलःदे क्षेत्रको प्राचीनतालाई पुनःस्थापना गराउन मद्दतसमेत मिलेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन