वैशाख २, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कूल ३ हजार ९ सय ३ नमुना परीक्षण गर्दा थप १४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोही समयमा थप ५५ जना कोरोनामुक्त भएका छन् । हाल नेपालमा कोरोना सक्रिय संक्रमितको संख्या ४ सय ३८ जना रहेको छ ।

पछिल्लो २४ घन्टामा थप ७८९४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।