फिलिपिन्सको मनिलानजिकै सयौँ घर आगलागीमा बालबालिकासहित ८ जनाको मृत्यु

साझासवाल
1 Min Read

<p><b>वैशाख १९, मनिला | </b>फिलिपिन्सको राजधानी मनिलानजिकै सयौँ घरमा आगलागी हुँदा ६ बालबालिकासहित ८ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । स्थानीय समयअनुसार सोमबार बिहान ५ बजे लागेको आगलागीमा ८० भन्दा बढी घर जलेका छन् ।&nbsp;<br></p><p>क्युजोन शहरकोे भीडयुक्त बस्तीमा रहेको घरको दोस्रो तल्लामा आगो लागेको थियो । आगलागीको कारण खुलेको छैन । आगो निभाउन करिब दुई घण्टा लागेको थियो ।</p><p>मृत्यु हुनेमध्ये ६ जना बालबालिका&nbsp; छन् । ‘घरमा हल्का सामाग्री थियो । आगलागी हुँदा मानिसहरू स्तब्ध भए’, ग्रेग बिचायडाले भने ।&nbsp;</p>

Share This Article
Leave a Comment

Leave a Reply