आज गण्डकी, कर्णाली र लुम्बिनीमा भारी वर्षाको सम्भावना

साझासवाल
1 Min Read

असार १२, काठमाडौं | आइतबार बिहान प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थानमा वर्षा भइरहेको छ।

दिउँसो पहाडी भूभागका धेरै स्थानमा र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी, कर्णाली र लुम्बिनीका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

राति प्रदेश १, लुम्बिनी र सुदूरपश्चिमका एक-दुई स्थानमा भारी वर्षाको आकलन गरिएको छ ।

सोमबार गण्डकी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

हाल प्रदेश १, मधेश, बागमती, गण्डकी,लुम्बिनी र कर्णालीमा मनसुनी वायुको प्रभाव रहेको छ भने सुदूरपश्चिममा स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

Share This Article
Leave a Comment

Leave a Reply