2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिहेमा बाजा बजाउन नुवाकोट पुगेका युवकलाई भारत पुर्‍याएर इन्जेक्सन दिएर झिकियो मिर्गौला!

भदौ १९, काठमाडौँ | नुवाकोट छहरेका एक युवकलाई विभिन्न बहानामा भारत पुर्‍याएर मिर्गौला झिकिएको खुलेको छ। मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले पीडितको उजुरीपछि घटनामा संलग्नलाई पक्राउ गरेको थियो। त्यसपछि मृगौला तस्करीको अर्को घटना बाहिर आएको हो।

ब्यूरोको टोलीले साउन २१ गते अभियुक्तहरुलाई पक्राउ गरेको थियो। पक्राउ पर्नेहरुमा नुवाकोट घर भएका ४६ वर्षीय बादरे भन्ने मुरली दमाई, ३० वर्षीय राजु नेपाली, २६ वर्षीय राजेश परियार, ३० वर्षीय सानु भन्ने सुभाष नेपाली रहेका छन्। मुरलीले मिर्गौला दाता खोज्ने र विभिन्न बहानामा एक ठाउँबाट अर्को ठाउँमा मानिसलाई पुर्‍याउने गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ। त्यस्तै राजुले मुरलीले पठाएको मानिसलाई अर्को मानिस भएको स्थानसम्म पुर्‍याउने गरेका थिए। त्यस्तै राजेशले मिर्गौला दिने व्यक्तिलाई भारतसम्म पुर्‍याउने मानिससँग भेटाएर रकमको व्यवस्था गर्ने गरेका थिए।

गत बैशाखमा पीडित युवकलाई मुरलीले विवाहको लागि बाजा बजाउन भन्दै नुवाकोट बोलाएका थिए। जसको लागि उनले राजेशको मोबाइल नम्बर प्रयोग गरेका थिए। त्यसपछि उनलाई पटकपटक फोन गरेर भारतको म:म पसलमा मासिक ३० हजारको जागिर लगाइदिने भन्दै राजेश र राजुको जिम्मा लगाउँछन्। त्यसपछि नुवाकोटबाट गाडी चढाएर काठमाडौंको सामाखुसी ल्याएर सानुसँग भेट गराउँछन्। त्यही दिन रगत परीक्षण गरेर उनलाई भारत लगिन्छ। दुई जना पुरुषले झापाको काकँडभिट्टा हुँदै भारतको कोलकता रविन्द्रनाथ टेगोर अस्पतालमा पुर्‍याएको अनुसन्धानमा खुल्छ।

अस्पताल पुगेपछि मिर्गौला दिन इन्कार गरेपछि इन्जेक्सन लगाएर मिर्गौला झिकेको पीडितले प्रहरीमा बयान दिएका छन्। त्यसपछि असार ६ गते पीडितलाई नेपाल ल्याएर छोडिएको थियो। जिल्ला अदालत काठमाडौंले पक्राउ परेका चारै जनालाई पूर्पक्षको लागि थुनामा पठाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक