2026-09-28 01:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जीडीपीमा बेलायतलाई उछिन्दै पाँचौँ नम्बरमा उक्लियो भारत

भदौ १९, काठमाडौँ | कुल गार्हस्थ्य उत्पादन अर्थात् जीडीपीको आधारमा भारतले बेलायतलाई पनि उछिनेको छ । ब्लूमबर्गले निकालेको पछिल्लो तथ्याङ्कअनुसार बेलायतलाई उछिन्दै भारत पाँचौँ स्थानमा उक्लिएको हो ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को तथ्याङ्कलाई आधार मानेर ब्लूमबर्गले सार्वजनिक गरेको विवरणअनुसार भारतको अर्थव्यवस्था आठ खर्ब ५४ अर्ब ७० करोड डलरको र बेलायतको अर्थव्यवस्था आठ खर्ब १६ अर्ब डलरको रहेको बीबीसी हिन्दीले जनाएको छ ।

जीडीपीको आधारमा अमेरिका पहिलो, चीन दोस्रो, जापान तेस्रो र जर्मनी तेस्रो आर्थिक शक्ति हुन् । कोरोना महामारी तथा रुस–युक्रेन युद्धको असरले युरोपेली देशको अर्थव्यवस्थालाई नकरात्मक असर गरेको छ । तर यो बेला पनि भारतको अर्थव्यवस्था सुधारिएको भारतमा शेयर बजार कारोबारसम्बन्धी अध्ययन गर्ने संस्था केडिया क्यापिटल्सका रिसर्च प्रमुख अजय केडियालाई उद्धृत गर्दै ‘द इन्डिया एक्सप्रेस’ ले जनाएको छ ।

जीडीपीमा भारत बलियो देखिए पनि प्रतिव्यक्ति आयमा भने बेलायतभन्दा धेरै पछाडि रहेको छ । बेलायती नागरिकको प्रतिव्यक्ति आय ४७ हजार डलरभन्दा धेरै छ भने भारतमा भने प्रतिव्यक्ति आय दुई हजार डलरमात्र छ । एक अर्ब ३८ करोड जनसङ्ख्या भएको भारत र ६ करोड ७२ लाख जनसङ्ख्या भएको बेलायतको जीडीपी उस्तै–उस्तै हुनु भारत निकै कमजोर छ भन्ने बुझ्नुपर्ने आर्थिक विश्लेषकहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक भारतीय नागरिक पक्राउ एकैदिन तोलामा पाँच हजार रूपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच? चार दिनको अविरल वर्षाले सडक सञ्जाल प्रभावित, दर्जनौँ सडकमा यातायात ठप्प कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए