भदौ २९, काठमाडौँ । बुधबार काठमाडौँ बानियाँटारबाट नाबालिगमाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।


काठमाडौंको टोखा नगरपालिका-१ बानियाँटार बस्ने २१ वर्षीय राजेश मगरलाई पक्राउ गरेको हो। उनीमाथि १५ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप छ। उनलाई प्रहरीले बुधबार बिहान साढे ७ बजे बानियाँटारबाट पक्राउ गरेको हो।
थप अनुसन्धान गर्न उनलाई जिल्ला प्रहरी परिसर ललितपुरमा पठाएको छ।
१८ वर्षमुनिका नाबालिगमाथि सहमतिमै गरेको करणीलाई कानुनले बलात्कार मानेको छ।
करणीसम्बन्धी कसूरको दफा २१९ को उपदफा २ मा भनिएको छ, ‘कसैले कुनै महिलालाई मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा उनले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती करणी गरेको मानिनेछ।’



