2026-07-24 06:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतीक थापा र बेचेन झालाई आज जिल्ला अदालतपेस गरिँदै

असार १६, काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाल प्रहरीले  पक्राउ परेका प्रतीक थापा र बेचेन झालाई आज जिल्ला अदालत पेस गर्ने तयारी गरेको छ।  उक्त प्रकरणमा शुक्रबार  थापा र झा पक्राउ परेका थिए । पक्राउ परेका थापालाई यसअघि पेस भएको अभियोग पत्रमा बयानका लागि पेस गरिने छ भने झालाई म्याद थपका लागि मात्र पेस गरिने  छ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका अनुसार  थापालाई यसअघि पेस भएको अभियोग पत्रमा जिल्ला अदालत काठमाडौँवाट जारी भएको पक्राउ पुर्जीको आधारमा पक्राउ गरिएको हो । 

प्रतीक शुक्रबार बौद्धबाट पक्राउ परेका हुन् । प्रतीक पूर्व गृहमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष थापाका छोरा हुन् । 

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन गरिएको अपराध अभियोगमा गत वर्ष सरकारी वकिलको कार्यालय काठमाडौँले थापालाई फरार सूचीमै राखेर मुद्दा दायर गरेको थियो । 

रामबहादुर थापा गृहमन्त्री भएका बखत बिचौलिया र गृह मन्त्रालयकै कर्मचारीहरूसँग मिलेर प्रतीकले शरणार्थी प्रकरणमा रकम उठाएको प्रमाण अनुसन्धानका क्रममा भेटिएको थियो । 

२०७९ चैतमा शरणार्थी प्रकरणका केही आरोपित पक्राउ परेपछि थापा फरार थिए । २०८० वैशाख २१ मा प्रेस विज्ञप्ति जारी गरी प्रतीकले आफू यसमा संलग्न नरहेको भन्दै अनुसन्धानलाई सघाउने बताएका थिए । तर उनी अभियोगपत्र पेस हुँदासम्म फरार भइसकेका थिए ।   प्रहरीले ०८० वैशाख ३१ गते उनी विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । 

तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई यही प्रकरणमा पक्राउ परेपछि अनुसन्धानको सुई प्रतीकतिर पनि सोझिएको थियो । यो प्रकरणमा पूर्व उपप्रधानमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझी, तत्कालीन गृहमन्त्री बालकृष्ण खाण, बहालवाला सचिव टेकनारायण पाण्डे, प्रतीक थापा, बिचौलिया केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मासहित ३० जनाविरुद्ध राज्यविरुद्धको अपराध, ठगी, सङ्गठित अपराध र किर्ते गरी ४ वटा कसुरमा २०८० जेठ १० मा जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भएको थियो । त्यसमध्ये १८ जनामात्रै पेस गर्दै अन्यलाई फरार देखाइएको थियो ।  फरार प्रतिवादी मध्येको एक प्रतिवादी प्रतीक  थिए । 

प्रतीकले नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन सहयोग गर्न भन्दै बिचौलियाबाट १ करोड रुपैयाँ लिएको दाबी अभियोग पत्रमा गरिएको छ। 

जिल्लाले यो प्रकरणमा दुई जनासँग मात्र धरौटी माग गर्दै १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । त्यस विरुद्ध प्रतिवादीहरू उच्च अदालत पुगेका थिए । उच्च अदालत  पाटनले पूर्व गृहमन्त्री खाँणसहित ९ जनालाई धरौटीमा रिहा गर्ने आदेश गरेको थियो भने अन्यको हकमा जिल्लाकै आदेश सदर गरेको थियो ।

थुनामा गएका मध्ये  ७ जनाले समेत सर्वोच्च अदालतमा  पुनरावेदन गरेका छन् । सर्वोच्चले उच्चकै आदेश सदर गरेपछि पूर्व उपप्रधानमन्त्री रायमाझी, सचिव पाण्डे (हाल निलम्बित), बिचौलिया दुलाल, भण्डारीसहितलाई मुद्दाको किनारा नलागेसम्म पुर्पक्षमै पठाउन आदेश दिएकोमा उनीहरू हाल केन्द्रीय कारागारमा छन् । 

जिल्ला अदालत काठमाडौँका अनुसार प्रतीकलाई अदालत पेस गराएपछि जिल्लाले सुरुमा उनको बयान गराउने छ । बयानपछि उनको पुर्पक्षका लागि बहस हुने छ। पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटी माग गर्ने इजलासले निर्णय गर्ने छ। जिल्लाले बहसपछि थुनामा पठाए उनी न्यायिक हिरासतमा रहने छन् भने धरौटी माग गरेमा तोकिएको रकम बुझाएर रिहा हुन पाउने छन् । 

उक्त प्रकरणमा पूरक अभियोगपत्र लैजाने प्रहरीको तयारी छ। उक्त तयारी अन्तर्गत नै प्रहरीले झालाई  पक्राउ परेको हो । उच्च राजनीतिक संलग्नताको अनुसन्धानका लागि झालाई पक्राउ गरिएको हो । झाले मन्त्रालय र राजनीतिक व्यक्तिहरूका बिचमा सम्बन्ध विकास गराएर घुस लिई बिचौलियाको काम गरेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक