पुस ५, काठमाडौँ | काठमाडौंबाट लमजुङ जाँदै गरेको माइक्रो बस र भैरहवाबाट काठमाडौंतर्फ आइरहेको बस एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने कम्तीमा १२ जना घाइतेका भएका छन् ।

जिल्ला ट्राफिक कार्यालय गजुरीका अनुसार लु २ ख २६४४ नम्बरको बस र बा २ ख ४७६२ नम्बरको माइक्रो गजुरी गाउँपालिका २ नयाँ बिहानी पेट्रोल पम्प नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएकालाई उपचारको लागि काठमाडौं लगिएको गजुरी प्रहरीले बताएको छ । प्रहरीका अनुसार घाइतेको ट्रमा सेन्टरमा उपचारको लागि पठाइएको छ ।