2026-06-17 01:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टिकटकमार्फत् लाखौंको जुवा खेलाएको आरोपमा ललितपुरबाट १ जना पक्राउ

माघ ५, काठमाडौँ | सामाजिक सञ्जाल ‘टिकटक’ मार्फत् लाखौं रुपैयाँको जुवा खेलाएको आरोपमा प्रहरीले ललितपुरबाट १ जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका– ५ घर भइ ललितपुरको हरिसिद्धी बस्दै आएका ३५ वर्षीय हरिसचन्द्र मल्ल छन्। प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई ललितपुरको हरिसिद्धीबाट पक्राउ गरेको हो। 

प्रहरीका अनुसार उनले टिकटकमा ‘क्विक क्यास’ नामक युजर आईडी खोलेर जुवा खेलाउने गरेका थिए। मल्लले टिकटक लाइभमा बसेर जुवा खेलाइ विभिन्न ई–सेवा आइडीमा रकम जम्मा गर्न लगाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। 

उनले १५ दिनको अवधिमा मात्रै टिकटकमार्फत् जुवा खेलाएर ८ लाख ५३ हजार ३३१ रुपैयाँ बराबरको ‘कारोबार’ गरेको देखिएको प्रहरीले जनाएको छ। पक्राउ परेका मल्ललाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको अपराध अनुसन्धान कार्यालयका सूचना अधिकृत प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोइरालाले जानकारी दिए। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ