२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भष्ट्राचारविरुद्ध राष्ट्रिय सहमति आवश्यक छ : अध्यक्ष तिमिल्सिना

२०७९, १९ फाल्गुन शुक्रबार १२:२१

फागुन १९, काठमाडौँ | राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद्मा प्रतिनिधित्व गर्ने सबै दल र राज्यका उच्च पदाधिकारीहरूबीच भष्ट्राचारविरुद्ध राष्ट्रिय सहमति हुनुपर्ने बताउनुभएको छ । 

भष्ट्राचारविरुद्ध सांसदहरूको विश्वव्यापी सङ्गठन, नेपाल च्याप्टरद्वारा संसद् भवनमा आज आयोजित कार्यक्रममा तिमिल्सिनाले मुलुकको सुशासनको लागि भष्ट्राचार अन्त्य गर्नका लागि राष्ट्रिय सहमति आवश्यक रहेको बताउनुभयो । 

प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूसँग भष्ट्राचारविरुद्ध अन्तर्राष्ट्रिय अभियान र राष्ट्रिय कार्यदिशासम्बन्धी कार्यक्रममा उहाँले भन्नुभयो, “मुलकको सुशासन, देशको अर्थतन्त्र सुदृढ बनाउन, राष्ट्रिय गौरव आयोजना समयमा पूरा गर्न र राष्ट्रिय सहमति गर्ने वातावरण बनाउन जरुरी छ । सम्पूर्ण विषयलाई स्वतन्त्र छानविन गरी म, हामी जो परे पनि कारवाही गर्न तयार हुनुपर्छ ।”

सबै राजनीतिक दल, व्यक्ति, विभिन्न निकायका प्रतिबद्धताहरू कार्यान्वयन हुन नसकेको बताउँदै उहाँले हामी जे बौल्छौँ, त्यही गर्छौँ भने भष्ट्राचार सखाप हुने बताउनुभयो । 

कार्यक्रममा समयको दुरुपयोग पनि भष्ट्राचार भएको भन्दै प्रतिनिधिसभाको उपसभामुख इन्दिरा राना मगरले भन्नुभयो, “समयभित्र तोकिएको कार्यक्रम नसक्दा, उपस्थित नहुँदा अन्य कार्यमा प्रभाव पार्ने हुनाले समयको दुरुपयोग पनि भष्ट्राचार हो । जसको अन्त्य व्यक्तिको इमानदारिता, चरित्रबाट सम्भव रहेकाले व्यक्ति आफैँबाट सुरुआत गर्न जरुरी छ । जवसम्म चेतनाको वृद्धि, राष्ट्रप्रतिको जिम्मेवारी महसुस हुँदैन तवसम्म भष्ट्राचार मुक्त हुन सक्दैन ।”

प्रतिनिधिसभा सदस्य अम्मरबहादुर थापाले भष्ट्राचारीलाई दण्ड सजाय कमजोर रहेकाले भष्ट्राचार मौलाएको बताउँदै सबै राष्ट्रप्रति जिम्मेवार हुन आवश्यक रहेको विचार व्यक्त गर्नुभयो । 

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्रबहादुर शाहीले भष्ट्राचार नियन्त्रणमा संवैधानिक निकायका रुपमा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नीति परिवर्तन गर्नुपर्ने बताउनुभयो । सङ्गठनका संयोजक जगनाथ खतिवडाले सांसदको भष्ट्राचारविरुद्ध जागरुकता र एकताका लागि सङ्गठनको महत्वपूर्ण भूमिका रहेको बताउँदै सङ्गठन प्रदेशस्तरमा विस्तार गर्न जरुरी रहेको बताउनुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै