चैत १५, काठमाडौं ।  एसीसी इमर्जिङ कप क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा आयोजक बंगलादेशले नेपाललाई २५८ रनको लक्ष्य दिएको छ ।

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत १५, काठमाडौं ।  एसीसी इमर्जिङ कप क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा आयोजक बंगलादेशले नेपाललाई २५८ रनको लक्ष्य दिएको छ ।

"/>
2026-06-25 01:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बंगलादेशद्वारा नेपाललाई २५८ रनको लक्ष्य

2017-03-28

चैत १५, काठमाडौं ।  बङ्गलादेशमा जारी एसीसी इमर्जिङ टिम्स क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा आयोजक बङ्गलादेशले आज नेपाललाई २५८ रनको लक्ष्य दिएको छ । 

टस जितेपछि नेपालले फिल्डिङ रोजेर बङ्गलादेशलाई पहिले ब्याटिङको निम्तो दिएको थियो । बङ्गलादेशको २३ वर्षमुनिको टिमले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २५७ रन बनायो ।

बङ्गलादेशका लागि नासिर हुसैनले सतक हाने । उनले अविजित रहँदै ११५ बलमा १०९ रन बनाए । यसमा दुई छक्का र १२ चौका सामेल थियो । कप्तान मोमिनुल हकले ७८ बलमा सात चौकाको मद्दतमा ६१ रन तथा अबुल हसनले २९ रन बनाए । 

बलिङतर्फ नेपालका लागि अविनाश कर्णले तीन विकेट लिए । उनले आठ ओभर बलिङ गर्दै एक मेडन राखि ४६ रन खर्चेका थिए । यस्तै सन्दिप लामिछानेले १० ओभरमा ४१ रन दिँदै दुई विकेट लिए । मेहबुब आलम, कप्तान ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट बाँडे । यसअघि सोमबार पहिलो खेलमा नेपाल पाकिस्तानसँग ६ विकेटले पराजित भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक