2026-09-15 03:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

ग्रामीण क्षेत्रका जनताले भोट हाल्न नपाउने

चैत १५, जाजरकोट | यहाँका ग्रामीण क्षेत्रका ३० प्रतिशतभन्दा बढी स्थानीयबासी मतदान कार्यमा सहभागी हुन नपाउने भएका छन् । फोटोसहितको मतदाता नामावली तथा नागरिकता नभएका कारण उनीहरु भोट हाल्नबाट वञ्चित हुनेभएका हुन् । 

त्रिवेणी नलगाड नगरपालिका–८ स्वाँराको मानबहादुर खत्रीको छ जनाको परिवारले भोट हाल्न नपाउने भएको छ । फोटोसहितको मतदाता नामावली भर्न गाउँमा गएको जिल्ला निर्वाचन कार्यालयले व्यापक प्रचारप्रसार नगर्दा उनीहरुले भोट हाल्न नपाएको बताएका छन् । 

यो परिवारजस्तै यही वडाकै धनवहादुर विकका छ जनाको परिवारले पनि मतदान गर्न नपाउने भएको छ । गाउँमा मतदाता नामावली भर्न कोही नआएका कारण आफूहरु छुटेको धनबहादुरले बताउनुभयो । 

त्यस्तै, बारेकोट गाउँपालिका–१ की महिला पेन्टे खत्रीको पाँचजनाको पूरै परिवारले मतदान गर्न नपाउने भएपछि खिन्न भएको बताएका छन् । मतदाता नामावली भर्न कति खेर आए उनीहरुलाई थाहा नै नभएको उनीहरुले बताएका छन् । 

नागरिकता भएपछि भोट हाल्न पाइँदैन र ? पेन्टेका श्रीमान् लाल बहादुर खत्रीले प्रश्न गर्नुभयो । उहाँलाई फोटोसहितको मतदाता नामावली नभएमा भोट हाल्न पाइँदैन भन्नेसम्म थाहा नहुँदा समस्या भएको सुनाउनुभयो । 

सञ्चारमाध्यमको पहुँच नभएका र वैदेशिक रोजगारी तथा भारतमा कमाइ गर्न गएका अधिकांश स्थानीय फोटोसहितको मतदाता नामावलीमा छुटेको पाइएको छ । 

जिल्लाका अधिकांश ग्रामीण क्षेत्रमा रहेका स्थानीयको नागरिकता नहुनु र नागरिकता भएपनि फोटोसहितको मतदाता नामावली भर्नुपर्छ भन्ने ज्ञान नहुँदा स्थानीय भोट हाल्नबाट वञ्चित हुने भएको पाइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ