२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

क्यानडाबाट ११ बर्षिय नेपाली खेलाडी युथ कप: द न्यू वर्ल्ड कप खेल्न पोर्चुगल उड्दै

२०७३, २७ चैत्र आईतवार ०२:२३


बिजय थापा | चैत २७, अमेरिका | अमेरिकाको न्युयोर्कमा जन्मिएका र हाल क्यानडामा बसोबास गर्दै आएका नेपाली मूलका ११ बर्षिय प्रतिभाशाली भकुण्डो खेलाडी अन्डर सेभेन्टीको अलग्रेभ युथ कप: द न्यू वर्ल्ड कप खेल्न क्यानडाबाट पोर्चुगल जाने भएका छन् । पासागं रोबर्ट क्यानडा सकर एकेडेमीबाट भाग लिंदैछन । सम्भवत पासांग नेपाली मूल का  क्यानडाको क्लब बाट प्रतिनिधित्व गर्ने पहिलो नेपाली खेलाडीमा छनौट हुन् पुगेका छन् ।

पासांग आज अप्रिल ८ तारिख पोर्चुगलको लागि उड्दै छन् । पासांगका पिता मिगंमार नोर्गे शेर्पा नेपाल बाट १९९२ मा क्यानडा आई १९९७ मा अमेरिका झरेका हुन् । फेरी  सन् २००९ देखि क्यानडा सपरिवार बसाई सराई गरेका हुन्  । 

३ वर्षको उमेरमै छोरोको भकुण्डो हनाई देखेर मिगंमार नोर्गे शेर्पा जिल परेका थिए । बाल्यकाल देखि पासागं नामग्याल शेर्पा भकुण्डो र सितारियो करातेमा रुची राख्छन् । ११ वर्षिय पासागं नामग्यालको भकुण्डो लगाव र ब्यस्तता यति बढ्यो कि केहि अवधिको लागि सितारियो कराते सिकाईलाई नै थाती राख्नुपर्यो । 

पढाईमा पनि राम्रो गरि रहका पासांग गत ३ बर्ष देखि भकुण्डोमा कडा मेहनत र परिश्रम गर्दै गम्भिरपूर्वक खेल्दै आई रहका छन् । कक्षा ६ मा अध्यनरत पासांग ले पोर्चुगलमा राम्रो गरे भने उनको खेल जीवन शैलीमा परिवर्तन ल्याउनु पर्ने उनका पिताले ईनेप्लिजलाई बताए ।

पासागंको बढदो भकुण्डो नसा र उन्नयनबाट बुवा आमाको मात्र होईन सिगों नेपाली समुदायको छात्ती गर्वले फुल्ने संभावना छ । अलग्रेभ यूथ क्लब पोर्चुगलको आयोजनामा अन्डर सेभेन्टीको अलग्रेभ युथ कप: द न्यू वर्ल्ड कप आगामी अप्रिल ९ देखि १५ सम्म पोर्चुगलमा हुँदैछ । 

विश्वका ३ हजार २ सय खेलाडीहरुको सहभागीता रहेको १७ वर्ष मुनीका यो वर्ल्ड वल्ड कपमा पाँच वटा महादेशका २ सयवटा समूहले भाग लिनेछ । मिड फिल्ड (मध्य पंक्ति) तथा स्ट्राईकर(प्रहारक) भएर खेल्ने पासांगको खेलले उचाई चुम्ने संभावना छ । 


यो खबरले लामो समयदेखि क्यानडाको ओन्टारियो प्रान्त (जीटिए )मा रहेको मिसिसागामा बस्दै आएका पासागंका बुवा मिगंमार नोर्गे शेर्पा मात्र होईन उत्तर अमेरिकामा बस्ने नेपाली उत्साहित भएका छन। 

हुनत, 'जे गर जसो गर जतासुकै लैजाउ मलाई यो मन त मेरो नेपाली हो ।' थाहा छैन यसमा भूगोल कति जोडिन्छ तर सबै नेपालीको भावना पक्कै जोडिन्छ । पासागंले सानो उमेरमै भकुण्डोको उम्दा खेलाडी हुने संकेत देखाएका छन । त्यो संकेत बफेलो सिटी गोल्ड मेडल, काटा डेमो प्रोभेन्सियल गोल्ड मेडल, कुमेटे सिल्भर मेडल लगायतका अन्य पुरस्कार हात पार्नुले पनि दिन्छ । 

मेसी र नेमार जस्ता खेलाडिहरुलाई आदर्श मान्ने पासागं फुर्सतमा पौडी, भलीबल खेल्न र चलचित्रहरु हेर्न रुचाउँछन । हेर्दै जाउँ पासागंले संसारमा कुन उचाईसम्मको यात्रा तय गर्नेछन । दोश्रो पुस्ताका उदियमान भकुण्डो खेलाडी पासांग नेपाली भाषा बोल्न जान्दैनन् । केहि शब्दहरु बोल्ने मात्र गरेको तर पासांग फ्रेन्च भाषा अलिअलि बोल्न्ने गरेको उनका पिताले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी