चैत २७, नुवाकोट । नुवाकोटबाट काठमाडौँ जाँदै गरेको मिनीट्रक आज बिहान पौने ३ बजे दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् । 

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत २७, नुवाकोट । नुवाकोटबाट काठमाडौँ जाँदै गरेको मिनीट्रक आज बिहान पौने ३ बजे दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् । 

"/>
2026-09-18 08:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नुवाकोटमा मिनीट्रक दुर्घटना हुँदा दुईको मृत्यु, दुई गम्भीर घाईते

चैत २७, नुवाकोट । नुवाकोटबाट काठमाडौँ जाँदै गरेको मिनीट्रक आज बिहान पौने ३ बजे दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् । 

बेलकोटगढी नगरपालिका–२ बाट कुखुरा बोकेर काठमाडौँ जान लागेको मिनीट्रक पासाङल्हामु सडकखण्डको सिस्नेरी नजिकै ह्याकुलेमा दुर्घटना हँुदा गाडी धनी बेलकोटगढी नगरपालिका–२ साविकको कुमरी गाविस–१ का २६ वर्षका सुदन न्यौपाने र गाडी चालक बेलकोटगढी नगरपालिका–१ साविकको बेलकोट–९ का २४ वर्षका मछिन्द्र पुडासैनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । 

मिनीट्रक दुर्घटनामा परी दुवै जनाको घटनास्थलमा नै ज्यान गएको नुवाकोटका प्रहरी उपरीक्षक देवबहादुर बोहराले जानकारी दिनुभयो । दुर्घटनामा परी गाडीमा यात्रारत बेलकोटगढी नगरपालिका–२ का २४ वर्षका श्रीकृष्ण न्यौपाने र २३ वर्षका राममणि न्यौपाने घाइते भएका छन् । 

गम्भीर घाइते भएका उनीहरुको ग्रिनसिटी अस्पताल काठमाडौँमा उपचार भइरहेको प्रहरीले जनाएको छ । कुमरीबाट कुखुरा बोकेर काठमाडौँ जान लागेको बा २ ख ४२५१ नम्बरको मिनीट्रक झ्याङ्लीपोखरी–जुरेथुम सडकखण्ड पूरा गरी पासाङल्हामु सडकखण्डमा पुगेको केही दूरीमा नै ककनी गाँउपालिका–४ ह्याकुले भन्ने स्थानमा दुर्घटना भएको थियो । 

रातको समयमा आफैँ अनियन्त्रित भएर गाडी सडकबाट २०० मिटर तल पुगेको थियो । दुर्घटनाबाट गाडी पूर्णरुपमा क्षति भएको छ भने करिब रु दुई लाखको कुखुरा पनि नष्ट भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई