२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रहरीबाट युवकमाथि निर्घात कुटपिट : कुटिनुअघिको पष्ठभूमि के थियो ?

२०८१, ८ माघ मंगलवार १३:२१

चितवन | चितवनको भरतपुर महानगरपालिका वडा नं. ११ बाइपास सडक खण्डमा प्रहरीले कुटपिट गरेको घटनामा जुगेडीमाई टोलका अमृत कुमाल पीडित रहेको खुलेको छ। पुस १५ गते राति भएको घटनाको भिडियो माघ ६ गते सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटना सार्वजनिक भएको हो।

कुटपिट गर्ने प्रहरी सहायक निरीक्षक (असई) बुद्धिबहादुर भुजेल घर्ती रहेको पुष्टि भएपछि उनलाई सोमबार निलम्बन गरिएको छ। निलम्बनको निर्णय हुँदा असई भुजेल तालिममा थिए। जिल्ला प्रहरी कार्यालय चितवनले घटनाको छानबिनका लागि प्रहरी नायव उपरीक्षक (डीएसपी) ज्ञानकुमार महतोको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ।

समितिले घटनामा संलग्न प्रहरी र पीडितसँग छलफल गरी सत्यतथ्य पत्ता लगाउने जिम्मेवारी पाएको छ। तर, कुटपिटका शिकार अमृत कुमाल हालसम्म सम्पर्कमा आएका छैनन्। प्रहरीले उनको खोजी जारी राखेको जनाएको छ।

घटनाको पृष्ठभूमि
पुस १५ गते राति गणेशथान अस्थायी प्रहरी पोष्टका असई बुद्धिबहादुर भुजेल घर्ती नेतृत्वको प्रहरी टोली बाइपास रोड खण्डमा चेकिङमा खटिएको थियो। त्यही बेला ३ वटा मोटरसाइकल र १ वटा स्कुटरमा आएका व्यक्तिहरूलाई प्रहरीले रोकेको थियो। ठूलो आवाजमा गुडिरहेका बाइकका युवाहरूलाई देखेर टोलीले रोक्न खोज्दा केही व्यक्ति मोटरसाइकल र स्कुटर छाडेर भागे।

तर, अमृत कुमाल भने भाग्न सकेनन्। उनलाई असई भुजेलले ‘माथिको पावर लगाउन खोज्ने’ भन्दै कुटपिट गरे। त्यसपछि नियन्त्रणमा लिएर उनलाई स्वास्थ्य जाँचका लागि अस्पताल लगियो। अस्पतालको रिपोर्टमा मादकपदार्थ सेवन (मापसे) गरेको पुष्टि भएपछि कुमाललाई एक रात प्रहरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी ज्ञानकुमार महतोले जानकारी दिए।

डीएसपी महतोका अनुसार, पुस १६ गते कुमाललाई ट्राफिक जरिवाना तिराई परिवारका सदस्यको जिम्मा लगाइएको थियो। अस्पताल लैजाँदा र परिवारलाई जिम्मा लगाउँदा उनले प्रहरी कुटपिटको कुनै कुरा गरेनन्, न त त्यहाँ खटिएका प्रहरीले केही भने। तर, घटनाको झन्डै एक महिनापछि मात्रै यो विषय बाहिर आएको हो।

गणेशथानका स्थानीय एक युवकका अनुसार, अमृत कुमाल यसअघि पनि पटक–पटक कानुन उल्लंघनका कारण प्रहरी नियन्त्रणमा पर्नेसँगै असई भुजेलले उनलाई पहिल्यैदेखि चिनेका थिए। उनले कुमालको विगतलाई ध्यानमा राख्दै आवेशमा आएर कुटपिट गरेको हुन सक्ने अनुमान छ। युवकले भने, ‘जति रिस उठे पनि त्यसरी कुटपिट नगरेको भए हुन्थ्यो।’

घटनाको सत्यतथ्य पत्ता लगाउन कुट्ने र कुटाइ खाने दुवै पक्षको कुरा सुन्नुपर्ने भएकाले प्रहरी अहिले अमृत कुमालको खोजीमा छ।

‘हामीले उनको खोजी गरिरहेका छौं,’ छानबिन समिति संयोजक डीएसपी महतोले भने, ‘उनका अन्य साथीहरूको पनि खोजी भैरहेको छ। केही दिनभित्रै थप जानकारी आउनेछ।’

घटनाबारे छानबिन गर्न प्रहरीले पीडित कुमालको खोजी गरिरहेको छ। डीएसपी महतोका अनुसार, छानबिन समितिले कुटपिट गर्ने र कुटाइ खाने दुवै पक्षको बयान लिएर सत्यतथ्य पत्ता लगाउनेछ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ