२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अन्तरजातीय विवाह गर्दा गाली गरेको भन्दै बुबा–आमाको हत्या

२०७९, १४ जेष्ठ शनिबार ०७:५०

जेठ १४, काठमाडौं | गत २२ वैशाखमा ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका– ६ का भीमबहादुर लिम्बुले बुबा बिर्खबहादुर र आमा फिपरानी लिम्बुलाई मृत अवस्थामा भेटे ।

खुकुरी प्रहार गरी हत्या भएको अवस्थामा भीमबहादुरले बुबा–आमा भेटेका हुन् ।  हत्या घटना भने उक्त दिन साँझको करिब ६ बजेतिर भएको हो । 

भीमबहादुरलाई हत्या भएको खबर गर्ने भने देवीका राई हुन् । उनी २६ वर्षीय ऐतराज लिम्बुको श्रीमती अर्थात् बिर्खबहादुर र फिपरानीकी कान्छी बुहारी हुन् । भीमबहादुर भने बिर्खबहादुर र फिपरानीका माइला छोरा । 

सरकारी वकिल कार्यालय ताप्लेजुङले जिल्ला अदालतमा बिहीबार दायर गरेको अभियोगपत्रमा उल्लेख भएअनुसार देवीकाले जेठाजु भीमबहादुरलाई २२ वैशाखको साँझमा ‘ऐतराजले बुबा–आमालाई काटिरहेको छ’, भनेका थिए ।

त्यसपछि कुद्‍दै जाँदा बाटैमा ऐतराजलाई भेटेको र उनले बुबा–आमालाई गर्धनमा खुुकुरी प्रहार गरी हत्या गरेको बताए । झन आत्तिँदै घर पुग्दा त दुवै जना मृत अवस्थामा देखिएको भीमबहादुरले वयानमा भनेका छन् । 

भीमबहादुरले वयानमा थप भनेका छन्, ‘भाइ (ऐतराज)ले पहिले पनि बुबा–आमासँग विवाद झगडा गरी बुबा–आमालाई काट्ने मार्नेजस्ता धाकधम्की दिने गर्दै आएका थिए । तर, मैले बुबा–आमासँग झगडा गर्नु हुँदैन भन्दै आएको थिएँ ।’

भीमबहादुरका अनुसार बिर्खबहादुर र फिपरानीको चाहना कान्छा छोरा ऐतराजको बिहे लिम्बु जातिकै युवतीसँग होस् भन्ने थियो । तर, उनले राई जातिकी देवीकासँग गत चैतमा बिहे गरे ।  त्यसपछि बुबा बिर्खबहादुर र आमा फिपरानी बेखुस थिए ।

उनीहरूले बुहारी देवीकाले पकाएको खाना खान नमान्‍ने, आफूलाई पनि हेलासँगै गाली गर्ने गरेको ऐतराजले प्रहरीसामु बताएका छन् । 

२२ वैशाखमा भने मादक पदार्थ सेवन गरेर मातेको र आफू लाब्जेनमा भेडा चराएर आउँदा फेरि अन्तरजातीय विवाह गरेको भन्दै गाली गरेको ऐतराजले प्रहरीसामु बयान दिएका छन् । 

गाली गरेपछि आफू सुङ्गुरलाई चारो टिप्‍न गइ घर आएको र त्यसबेला पनि गाली गर्न नछाडेपछि विवाद हुँदा अन्तत:  बुबा बिर्खबहादुर ‘मार्छस् भने मार’ भन्दै आएकाले कम्मरमा भिरेको खुकुरी निकालेर गर्धनमा प्रहार गरेको ऐतराजको बयान छ । 

बयानमै बिर्खबहादुरलाई गर्धनमा प्रहार गर्ने बित्तिकै आमा फिपरानी पनि ‘बुबालाई तैँले मारिस्, मलाई पनि मार’ भन्दै आएकाले रिसको आवेगमा आमालाई पनि गर्धनमै खुकुरी प्रहार गरी हत्या गरेको उल्लेख छ ।

हत्या आरोपी ऐतराजविरुद्ध जिल्ला अदालत ताप्लेजुङमा कर्तब्य ज्यान मुद्दा दर्ता छ ।

सरकारी वकिल कार्यालयले मुलुकी अपराध संहिता– २०७४ को दफा १७७ (२) अनुसार जन्मकैदको सजाय माग दाबी गरेको जिल्ला न्यायाधिवक्ता पुष्पराज बाँस्तोलाले जनाएका छन् । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह