जेठ १६, काठमाडौं | उडानको क्रममा आइतबार सम्पर्कविहीन भएको तारा एयरको विमान खोज्न नेपाली सेना र नेपाल प्रहरी बिहानै खटिएको छ । मुस्ताङ सदरमुकाम जोमसोमका लागि आइतबार पोखराबाट उडेको विमान सम्पर्कविहीन भएको थियो ।

तर, नेपाली सेना र प्रहरीसहितको उद्धार टोलीले सम्भावित केही क्षेत्रमा खोजी गरेपनि भेट्टाउन सकेको थिएन ।

सोमबार बिहानैबाट खोजीलाई निरन्तरता दिइएको छ ।

२२ जना यात्रु सवार कल साइन ‘९ एन–एइटी’ को विमान आइतबार बिहान १०:७ बजेदेखि सम्पर्कविहीन बनेको थियो । विमान जोमसोमका लागि उडे पनि सम्पर्कमा नआउदा दुर्घटनामा परेको आशंका गरिएको छ । म्याग्दीस्थित मानापाथी हिमालको फेदीतिर दुर्घटना भएको आशंका गरिएको छ ।

Related News