उत्तर कोरियामा अब एक चिजले मात्र काम गर्न सक्छ: ट्रम्प

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
2 Min Read

असोज २२, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँग वर्षौं वार्ता गर्दा पनि कुनै उपलब्धि ननिक्लेको भन्दै चेतावनी दिएका छन् ।

अब उत्तरसँग समस्या समाधान गर्न ‘एक चिजले मात्र काम गर्न सक्छ’ भन्दै ट्रम्पले ट्वीट गरेका हुन् । बिबिसीका अनुसार आफ्नो ट्वीटमा उनले भनेका छन्, ‘राष्ट्रपति र उनका सरकारले उत्तरसँग वर्षौंदेखि वार्ता गर्दा पनि कुनै नतिजा निस्किएन। अब एक कुराले मात्र काम गर्न सक्छ ।’

ट्रम्पले त्यो ‘एक चिज’ के हो भन्ने खुलाएका छैनन् । अमेरिका र उत्तरबीच लामो समयदेखि तनाव चलिरहेको छ। उत्तरले बारम्बर गरिरहेको क्षेप्यास्त्र परीक्षण रोकोस् भन्ने अमेरिकाको चाहना हो।

पछिल्लो समय उत्तरविरुद्ध अमेरिकाले नाकाबन्दी लगाएपछि विवाद झनै चर्किएको हो । उत्तरका राष्ट्रपति किम जोङ उन र ट्रम्पबीच वाकयुद्ध पनि चलिरहेको छ। यी दुई देशबीचको विवादमा दक्षिण कोरिया, रसिया, चीन र जापान पनि प्रत्यक्षरुपमा मुछिएका छन् ।

जापानी आकाश हुँदै उत्तरले गरेको क्षेप्यास्त्र परीक्षणपछि संयुक्त राष्ट्र संघको सुरक्षा परिषदले उत्तरमा नाकाबन्दी झन् कडा गरेको छ । चीनले उत्तरसँगको कपडा कारोबार आगामी जनवरीदेखि बन्द गर्ने भएको छ भने तेल आपूर्तिमा कडाइ गरेको छ ।

बारम्बार उत्तर ध्वस्त पार्ने धम्की दिदैं आएका ट्रम्पको यो सांकेतिक चेतावनीमा अन्तर्राष्ट्रिय समुदायको ध्यान खिचिएको छ । गत साता अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले उत्तरसँग सिधा वार्ता गर्ने प्रयास गरेका भनिएको थियो । यसमा पनि ट्रम्पले प्रतिक्रिया दिदैं ‘आफ्नो उर्जा बचाएर राख रेक्स, हामीले जे गर्नुपर्ने हो, हामी गर्छौं’ भनेका थिए ।

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply