उत्तर कोरियाली आणविक परीक्षणका क्रममा करिब २०० जना परेको खुलासा

साझासवाल
1 Min Read

कात्तिक १४, टोकियो, जापान (रासस/एएफ्पी) : उत्तर कोरियाको आणविक परीक्षणस्थलमा अकस्मात विष्पोट भएपछि सुरुङमा पुरिएर करिब २०० जनाको मृत्यु भएको आशङ्का गरिएको जापानी सञ्चारमाध्यमले मंगलबार जनाएको छ ।

पुङ्गे–रीमा गत सेप्टेम्बर ३ मा उत्तर कोरियाले गरेको छैटौँ तथा सबैभन्दा ठूलो भूमिगत आणविक हतियार परीक्षणका क्रममा सुरुङमा काम गरिरहेका १०० जनाभन्दा बढी मानिसको मृत्यु भएको जापानी टेलिभिजन असाहीले उत्तर कोरियाली गोप्य स्रोतको हवाला दिँदै उल्लेख गरेको छ ।

एएफ्पीलाई प्राप्त समाचारमा भनिएको छ, “शुरुको विष्पोटमा १०० जनाको मृत्यु भएको र उद्धारका लागि पुगेको अर्को समूहका १०० जना उद्धारका क्रममा सुरुङ पुनः भत्किएपछि थियो ।” दुर्घटना सेप्टेम्बर ३ मा गरिएको शक्तिशाली हतियार परीक्षणका क्रममा भएको असाहीले जनाएको छ ।

विज्ञ समूहले भनेको छ, “भूमिगत परीक्षणले पहाड भत्कने र यसको विकिरण जमिनबाट चुहिएर चीनको सीमा नजिकैको वातावरणमा पर्नसक्ने बताएका छन् ।”

अमेरिकी भौगर्भिक विभागले परीक्षणका क्रममा विष्पोटको आवाजले पहिले ६.३ म्याग्निच्युडको भूकम्पीय धक्का महसुुस भएको र केही बेरमा ४.१ म्याग्निच्युडको भूकम्पको महसुस भएको बताएको थियो ।

Share This Article
Leave a Comment

Leave a Reply