2026-06-28 07:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बेइजिङमा राष्ट्रपति सि र आइएमएफका प्रवन्ध निर्देशकबीच भेट

2019-11-22

मंसिर ६,एजेन्सी । चिनियाँ राष्ट्रपति सि चिनफिङ र अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जियभाबीच शुक्रबार चिनियाँ राजधानी बेइजिङमा भेटवार्ता भएको छ ।  हाल चीन भ्रमणमा रहेका प्रबन्ध निर्देशक जर्जियभा र राष्ट्रपति चिनफिङबीच शुक्रबार बिहान बेइजिङमा भेट भएको बताइएको छ । 

त्यस अवसरमा राष्ट्रपति सिले प्रबन्ध निर्देशक जर्जियभाले चीनको पहिलो पटक भ्रमण गर्नुभएको भन्दै स्वागत गरेका हुन् । त्यस अवसरमा चिनियाँ राष्ट्रपति सिले हाल संसारमा आर्थिक वृद्धिमा कमी आइरहेको बताउँदै यसका कारक तत्वका रुपमा रहेका विभिन्न अवस्था र कारणहरुको विश्वले एक भएर सामना गर्नुपर्ने बताए । 

विश्वमा हाल वहुराष्ट्रिय विकास र स्वतन्त्र व्यापारका क्षेत्रमा चुनौतीहरु थपिएका छन् भन्दै यसबाट संसारका देशहरुले बुझ्नुपर्ने धारणा राख्नुभएको बेइजिङबाट प्राप्त समाचारमा जनाइएको छ ।  त्यसैले विश्वका देशहरुले यस्तो अवस्थामा अन्तर्राष्ट्रिय मुद्रा कोषको महत्वपूर्ण भूमिकाको अपेक्षा गरिरहेको धारणा राष्ट्रपति चिनफिङले व्यक्त गर्नुभएको पनि सो समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी