भदौ २१, काठमाडौं । अबदेखि १८ वर्षमुनिका युवतीसँग मञ्जुरीमै शारीरिक सम्बन्ध राखे पनि करणी गरेको ठहरिने कानुन पास भएको छ ।

त्यस्तै श्रीमतीलाइ जबर्जस्ती करणी गरे श्रीमानले जेल जानुपर्ने भएको छ । जबर्जस्ती करणी गर्ने श्रीमान ५ वर्ष जेल जानुपर्ने कानून संसद्बाट पास भई प्रमाणिकरणको क्रममा छ । फौजदारी कसुरसम्बन्धी नयाँ कानुनमा यस्तो व्यवस्था गरिएको हो ।

त्यस्तै हाडनाता करणी गर्नेलाई जन्मकैदसम्मको सजाय तोकिएको छ । जबर्जस्ती करणी गर्नेलाई महिलाको उमेर हेरी सजाय निर्धारण गरिएको छ ।

मुलुकी ऐन प्रतिष्थापनका लागि ल्याइएको फौजदारी कसुरसम्बन्धी नयाँ कानुनमा करणीसम्बन्धी नयाँ व्यवस्था गरिएको हो । यो कानुन संसद्बाट पारित भइसके पनि राष्ट्रपतिबाट प्रमाणिकरण हुन बाँकी छ, आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

अब १८ वर्ष मुनिकासँग सहमतिमै यौन सम्पर्क राखे पनि बलात्कार ठहरिने