मङ्सिर ६, (रासस/सिन्ह्वा) : ब्राजिलले यसै वर्षको जनवरीदेखि अक्टोबरसम्म ८ लाख ४१ हजार रोजगारी सिर्जना गरेको जनाएको छ ।

सो अवधिमा ब्राजिलले ८ लाख ४१ हजार भन्दा बढी रोजगारी सिर्जना गरेको र यो तथ्याङ्क गत वर्षको यसै अवधिको तुलनामा ६.४ प्रतिशतले बृद्धि भएको यहाँको अर्थ मन्त्रालयले बिहीबार जानकारी दिएको छ ।

मन्त्रालयको श्रम सचिवालयका अनुसार ब्राजिलको अर्थतन्त्रले अक्टोबरमा मात्र ७० हजार ८५२ रोजगारी सिर्जना गरेको छ । सन् २०१६ पछिको यो सबैभन्दा राम्रो सङ्ख्या भएको बताइएको छ ।

श्रम सचिवालयद्वारा विश्लेषण गरिएका विभिन्न आठ क्षेत्रहरूमा सन् २०१९ को पहिलो १० महिनामा रोजगारीका अवसरहरू सिर्जना गर्ने क्षेत्रहरु भने सेवा, निर्माण र पूर्वाधार निर्माणलगायतका छन् ।

रोजगारीको बढ्दो संख्याका कारण यहाँको बेरोजगारी दरमा पनि केही कमी आएको पाइएको छ । यो तथ्यांक हेर्दा पछिल्लो तीन महिनामा बेरोजगारी दरमा कमी आएको देखिएको छ ।

Related News