सर्वोच्च अदालतको आदेशपछि ब्राजिलले हटाएको आँकडा पुनः जोड्यो

साझासवाल
1 Min Read

जेठ २८, एजेन्सी | ब्राजिलले कोरोना भाइरस संक्रमित र कोभिड–१९ का कारण ज्यान गुमाउनेको संख्या पुनः जोडेको छ । मंगलबार सर्वोच्च अदालतले सरकारलाई आँकडाको सन्दर्भमा आदेश जारी गरेको थियो ।

करिब दुई दिनअघि ब्राजिलको स्वास्थ्य मन्त्रालयको आधिकारिक वेबसाइटबाट कोरोना बिरामीको संख्यासँग जोडिएको थुप्रै पाना हटाइएको थियो । जसका कारण ब्राजिलको अत्यधिक आलोचना भइरहेको थियो । ब्राजिलको स्वास्थ्य विभागले आँकडालाई हटाउँदै अब आफूहरुले संक्रमणको कूल आँकडा जारी नगर्ने स्पष्ट पारेको थियो ।

तर मंगलबार देशको सर्वोच्च अदालतले मन्त्रालयलाई पुनः आँकडा जोड्न आदेश दिएका थिए । सर्वोच्च अदालतका न्यायाधीसले आदेश सुनाउँदै सरकारको यो कदमले कोरोनाभाइरसको निगरानी पूर्ण रुपमा असम्भव गरिदिएको बताएका थिए ।

यसका साथै विश्व स्वास्थ्य संगठनले पनि कोरोना संक्रमितको आँकडाको विषयमा ब्राजिललाई पारदर्शिता अपनाउन अपिल गरेको थियो ।

- स्रोत: बिबिसी

Share This Article
Leave a Comment

Leave a Reply