जोर्जिआको पुन: मतगणनामा पनि बाइडन नै बिजयी

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

<p><b>मङ्सिर ५, काठमाडौँ | </b>अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडन जोर्जिआ राज्यमा भएको पुन: मतगणनामा पनि विजयी भएका छन् | जोर्जिआमा बाइडनले ट्रम्पलाई १२,२८४ मतले हराएका हुन् | योसँगै उनका विपक्षी राष्ट्रपति डोनल्ड ट्रम्पको कानुनी चुनौती तीन राज्यमा समाप्त भएको छ |<br></p><p>बाइडनले ट्रम्पले नजित्ने कुरामा आफू ढुक्क भएको र राष्ट्रपतिले 'अतुलनीय गैरजिम्मेवारीपन' देखाएको बताए | नोभेम्बर ३ मा भएको राष्ट्रपतीय निर्वाचनमा बाइडनले ५९ लाखभन्दा बढी मत प्राप्त गरेका छन् र उनले ३०६ देखि ३२२ इलेक्टलर कलेज मत जित्ने अनुमान गरिएको छ |</p><p>पुन: मतगणनामा कुनै पनि काउन्टीमा मतगणनामा गल्ती ०.७३ प्रतिशतभन्दा बढी नरहेको र बाइडनले कुल मतमा ट्रम्पलाई ०.५ प्रतिशतभन्दा कम मतले हराएको नतिजाको पुनर्पुष्टि भएको छ | जोर्जिआमा रिपब्लिकनका तर्फबाट मतदान प्रणालीमा प्रतिनिधित्व गरेकी ग्राबियल स्टेरलिङले सीएनएनसँग कुरा गर्दै जोर्जिआमा मतदान मेशिनले कुनै गडबड नगरेको प्रमाणित भएको बताइन् |बिबिसी&nbsp;</p>

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply