2026-06-28 05:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालमा प्रयोग भइरहेको आस्ट्राजेनेकाको खोप सुरक्षित प्रमाणित

2021-03-22

चैत ९, काठमाडौँ । नेपालमा प्रयोग भइरहेको कोरोना भाइरस बिरुद्धको अक्सफोर्ड-आस्ट्राजेनेका खोप अमेरिकी परीक्षणमा सुरक्षित र प्रभावकारी प्रमाणित भएको छ । अमेरिका, चिले र पेरुका ३२,००० भन्दा बढी स्वयंसेवकमा गरिएको परिक्षणमा खोप लक्षणयुक्त कोभिड रोक्न ७९ प्रतिशत प्रभावकारी र गम्भीर बिरामी हुन रोक्न शतप्रतिशत प्रभावकारी पाइएको हो । 

उक्त परीक्षणको नतिजाले रगत जम्ने जोखिम नदेखिएको बताइएको छ । यसअघि उक्त खोपको प्रयोगले रगत जम्ने समस्या देखापरेको भन्दै युरोपेली देशहरूले प्रयोगमा रोक लगाएका थिए । युरोपेली औषधि नियामक निकायले समीक्षा गरी सुरक्षित र प्रभावकारी रहेको बताएपछि केही देशहरूले स्थगित खोप कार्यक्रम पुन: सुरु गरिसकेका छन्।

कोलम्बिया विश्वविद्यालय र रोचेस्टर विश्वविद्यालयले गरेको नयाँ परीक्षणको तथ्याङ्कले खोपलाई थप विश्वसनीय र ६५ वर्षभन्दा माथि उमेरका व्यक्तिमा प्रयोग गर्न सकिने देखाएको छ। केही देशहरूले सुरुमा तथ्याङ्क नभएका कारण ६५ वर्षभन्दा माथिका व्यक्तिलाई यो खोप दिएका थिएनन्।बिबिसी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी