२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

ट्रम्पलाई पुटिनको वार्ताको वाचा, तर युक्रेनमा युद्धविराम नगर्ने

२०८२, ७ जेष्ठ मंगलवार ११:३९

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुराकानी गरेपछि रुस र युक्रेनले ‘तत्काल’ शान्ति वार्ता सुरु गर्ने बताउनुभएको छ । यद्यपि पुटिनले ट्रम्पको बिनाशर्त युद्धविरामको आह्वानलाई अस्वीकार गर्नुभएको छ ।

रिपब्लिकन राष्ट्रपति ट्रम्पले चुनावी अभियानमा २४ घण्टाभित्र समाधान गर्ने वाचा गरेको द्वन्द्व अन्त्य गर्ने सम्झौताको खोजी गरिरहेको बेला उहाँले दुई घण्टाको कुराकानीलाई सफलताका रूपमा प्रस्तुत गर्नुभयो ।

तर पुटिनले अधिक संयमित स्वर अपनाउनुभयो । उहाँले सन् २०२२ फेब्रुअरीमा मस्कोले सुरु गरेको युद्ध अन्त्य गर्नेतर्फको ज्ञापनपत्रमा काम गर्न किएभसँग तयार रहेको तर दुवै पक्षबाट समझौता गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

ओभल अफिसमा भड्किएको विवादपछि अमेरिकी राष्ट्रपतिसँगको सम्बन्ध सुल्झाउनुभएका युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले ट्रम्पलाई अलग्गै फोनवार्तामा ‘हामीबिना’ कुनै पनि निर्णय नगर्न आग्रह गर्नुभयो ।

पुटिनले सम्झौता गर्न अस्वीकार गरेकामा बढ्दो निराशा देखाउँदै ट्रम्पले द्वन्द्व अन्त्य गर्ने आशा पुटिनसँगको व्यक्तिगत सम्बन्धमा राख्नुभएको छ ।

“मलाई विश्वास छ यो कुराकानी धेरै राम्रो भयो”, सोमबार पुटिनसँगको कुराकानीपछि ट्रम्पले आफ्नो ट्रुथ सोसल नेटवर्कमा भन्नुभयो, “रुस र युक्रेनले तुरुन्तै युद्धविराम र अझ महत्त्वपूर्ण रूपमा युद्धको अन्त्यका लागि वार्ता सुरु गर्नेछन् ।”

पछि ट्रम्पले पुटिन युद्धविरामका लागि तयार रहेको आफूले सोचेको बताउनुभयो । “मलाई लाग्छ उहाँ यसलाई समाप्त पार्न चाहनुहुन्छ”, ट्रम्पले ओभल अफिसमा पत्रकारहरूलाई भन्नुभयो, “यदि राष्ट्रपति पुटिन यसलाई समाप्त गर्न चाहनुहुन्न भन्ने मलाई लागेको भए, म यसबारे कुरा नै गर्दिनथेँ ।”

– धेरै उपयोगी –

यसअघि ट्रम्पले रुस र युक्रेनबीच ३० दिनका लागि बिना शर्त युद्धविरामको आह्वान गर्नुभएको थियो । किएभ सहमत भयो, तर पुटिनले अहिलेसम्म त्यस्तो कुनै पनि युद्धविरामलाई अस्वीकार गर्नुभएको छ, जसले पश्चिमी देशहरूबाट आलोचना निम्त्याएको छ ।

ट्रम्पसँगको कुराकानीबारे पुटिन अधिक संयमित देखिनुभयो । यद्यपि उहाँले युद्धविरामबारे छलफल गर्न तयार भएको अहिलेसम्मको सबैभन्दा ठोस सङ्केतहरू मध्ये एक दिनुभएको थियो ।

“यो कुराकानी धेरै जानकारीमूलक, धेरै खुला र समग्रमा, मेरो विचारमा, धेरै उपयोगी थियो”, पुटिनले फोनवार्तापछि रुसी मिडियालाई भन्नुभयो ।

उहाँका अनुसार रुसले प्रस्ताव गर्नेछ र युक्रेनी पक्षसँग भविष्यको सम्भावित शान्ति सम्झौताबारे विभिन्न स्थितिहरू परिभाषित गर्ने एक ज्ञापनपत्रमा काम गर्न तयार रहनेछ ।

उहाँका टिप्पणीहरूले धेरै विवरणहरू अस्पष्ट छाडेका छन् र उहाँले थप ‘समझौताहरू’ अझै आवश्यक रहेको कुरामा जोड दिनुभएको छ ।

किएभ र पश्चिमी सहयोगीहरूलाई चिन्तित तुल्याउँदै आफ्नो पदभार ग्रहणपछि रुससँगको वार्तातर्फको मोडबीच ट्रम्प पुटिनको आलोचना गर्नबाट मोटामोटी रूपमा टाढा रहनुभएको छ ।

उहाँले पुटिनसँगको आमनेसामने भेटले मात्र द्वन्द्व अन्त्य गर्न सक्ने कुरामा जोड दिनुभएको छ । यद्यपि पुटिनले गत हप्ता इस्तानबुलमा भेट्ने उहाँको सुझावलाई अस्वीकार गर्नुभयो । इस्तानबुलमा रुस र युक्रेनले तीन वर्षभन्दा बढी समयपछि पहिलो प्रत्यक्ष वार्ता गरेका थिए।

तर पुटिनले ढिलाइ गरिरहेको आशङ्काबीच ट्रम्पले बढ्दो अधैर्यका सङ्केतहरू देखाउनुभएको छ ।

– हामीबिना –

जेलेन्स्कीले पुटिनसँगको कुराकानी गर्नुअघि र पछि ट्रम्पसँग कुरा गर्नुभयो र अमेरिकी राष्ट्रपतिलाई रुसले युद्धविराम गर्न अस्वीकार गरेमा प्रतिबन्धहरू कडा गर्न आग्रह गर्नुभयो ।

“मैले पुटिनसँगको कुराकानी अघि युक्रेनको बारेमा हामीबिना कुनै पनि निर्णय नगर्न आग्रह गरेँ”, जेलेन्स्कीले पत्रकारहरूलाई भन्नुभयो ।

जेलेन्स्कीले रुसले आफ्नो आक्रमण अन्त्य गर्न अघि सारेको मागलाई अस्वीकार गर्दै किएभको नियन्त्रणमा रहेको पूर्वी र दक्षिणी युक्रेनका भागहरूबाट सेना फिर्ता लिन अस्वीकार गर्नुभयो ।

ट्रम्पले पुटिनसँगको कुराकानीपछि युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेन र फ्रान्स, जर्मनी, इटाली र फिनल्यान्डका नेताहरूसहित पश्चिमी नेताहरूसँग कुरा गर्नुभयो ।

यसैबीच ट्रम्प र इटालीका प्रधानमन्त्री जोर्जिया मेलोनी दुवैका अनुसार पोप लियो चौधौँले भ्याटिकनमा रुस–युक्रेन वार्ता आयोजना गर्न प्रस्ताव गर्नुभएको छ ।

यसैबीच युरोपेली राष्ट्रहरूले ट्रम्प–पुटिनको कुराकानीपछि तुरुन्तै युद्धविराममा सहमत भएन भने रुसविरुद्ध पश्चिमी प्रतिबन्धहरू कडा पार्ने किएभको आह्वानलाई समर्थन गरेका छन् ।

तर ट्रम्पबाट त्यस्ता सङ्केतहरू थिए कि उहाँ प्रतिबन्ध लगाउनुभन्दा मस्कोसँगको सम्बन्ध पुनःस्थापित गर्नमा बढी इच्छुक हुनुहुन्छ ।

उहाँले रुसले ‘यो विनाशकारी ‘रक्तपात’ समाप्त भएपछि संयुक्त राज्य अमेरिकासँग ठूलो मात्रामा व्यापार’ गर्न सक्ने लोभ देखाउनुभयो ।

भूमिमा रूसी सेनाले आफ्नो आक्रमण जारी राखेको छ ।

मस्कोले आफ्नो सेनाले युक्रेनको पूर्वी सुमी र डोनेट्स्क क्षेत्रका दुईवटा गाउँ कब्जा गरेको दाबी गरेको छ । रुसले रातभर युक्रेनमा एक सय १२ वटा ड्रोन प्रहार गरेको थियो । तीमध्ये ७६ वटालाई खसालिएको युक्रेनी वायु सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा