By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    4 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    4 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    5 hours ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    5 hours ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    11 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    10 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    10 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    1 day ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: बङ्गलादेश स्थापनाको ५० वर्ष, अर्थतन्त्रमा व्यापक प्रगति, अधिकार कटौतीले निराशा
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > बङ्गलादेश स्थापनाको ५० वर्ष, अर्थतन्त्रमा व्यापक प्रगति, अधिकार कटौतीले निराशा
काठमाडौँ - KTMविश्व

बङ्गलादेश स्थापनाको ५० वर्ष, अर्थतन्त्रमा व्यापक प्रगति, अधिकार कटौतीले निराशा

साझासवाल
Last updated: March 25, 2021 8:48 am
साझासवाल
6 Min Read
Share

शफिकुल आलम । चैत १२, गाजीपुर, बङ्गलादेश । बङ्गलादेशले स्वतन्त्रता प्राप्त गरेको यसै साता ५० वर्ष पुगेको छ । गरिबीको चेपुवामा परेको बङ्गलादेशले पछिल्ला वर्षमा आर्थिक समृद्धिका दिशामा व्यापक प्रगति गरे पनि अधिकार कटौतीले चिन्तित बनाएको छ ।

पछिल्ला वर्षहरुमा एक दलीय झैं देखिएको बङ्गलादेशको राजनीतिमा सरकारको विरोधमा कार्टून बनाए वा फेसबुकमा केही लेखे जेलमा परिने वा त्योभन्दा कडा सजाय भोग्नु पर्ने हुन सक्छ ।  ए.बी.एम. शमशुद्दीन बङ्गलादेशको आर्थिक प्रगतिबाट राम्रै लाभ प्राप्त गर्न सफल हुनु भएको छ । 

उहाँले सन् १९९८ मा ११० वटा मेसिन र २५० जना कामदार राखेर एउटा स्वीटर बनाउने कारखाना खोल्नु भएको थियो । अहिले शमशुद्दीनको हन्नान समूहका पाँच वटा कारखानाले दुई दर्जन युरोपेली ब्रान्डका लागि तयारी पोशाक आपूर्ति गर्दछ र यहाँ १० हजारभन्दा बढीले काम पाएका छन् ।

“मेरो वार्षिक कारोबार अहिले झण्डै १० करोड डलर छ,” ६६ वर्षीय शमशुद्दीनले भन्नुभयो, “म जिरो (शून्य) बाट हिरो भएको छु ।” शमशुद्दीनको कार्यालयमा एएफपीसँग कुरा गर्दा मजदूरहरु जर्मनीको एस्प्रिट ब्रान्डका लागि तयारी पोशाक सिलाउँदै थिए । 

सडक, बन्दरगाह र ऊर्जाको सुविधा जस्ता पूर्वाधारमा धेरै राम्रो गरेकामा हसिना सरकारको प्रशंसा गर्दै शमशुद्दीनले १६ करोड ८० लाख जनसंख्याका लागि मुलुकमा समृद्धिको नयाँ युग शुरु हुन लागेको बताउनुभयो । 

उहाँको कारखानाकी एक कामदारको नाम रुमा हो । उहाँ बङ्गलादेशी तयारी पोशाक उद्योगमा कार्यरत ३० लाख मजदुरमध्ये एक हुनुहुन्छ । हाल विश्वमा चीनपछि बङ्गलादेशबाट सबैभन्दा बढी तयारी पोशाक विदेश निर्यात हुन्छ । 

सन् १९८० को दशकमा झाडापखाला लागेर रुमाकी आमाको निधन भएपछि उहाँ आफन्तको घरमा आश्रय लिन पुग्नु भएको थियो । तर काकाले छोरीलाई शिक्षाको के जरुरत भन्दै किताब नै च्यातिदिनु भयो । पढ्न लेख्न नपाए पनि उहाँ अहिले तयारी पोशाक उद्योगमा काम गर्न थाल्नु भएको छ ।

अहिले उहाँ महिनामा ४२० अमेरिकी डलरसम्म कमाउनु हुन्छ । मुस्लिम समुदायको पर्व ईदका दिनहरुमा उहाँ र उहाँका पति दुबैले मिलेर एक हजार डलरभन्दा बढी रकम गाउँ लैजानु हुन्छ । उहाँहरु आफ्ना दुई बालबच्चाको शिक्षाका लागि महिनामा १२० डलरभन्दा बढी खर्च गर्न सक्ने हुनु भएको छ । 

“मलाई के विश्वास छ भने मजस्तो मेरा बालबच्चा शिक्षाबाट बञ्चित हुनुपर्ने छैन ।” उहाँले एएफपीसँग भन्नुभयो । गाजिपुरस्थित धुलौले औद्योगिक नगरको एउटा पक्की घरमा उहाँको परिवार दुईवटा कोठा भाडामा लिएर बसेको छ ।

सन् १९७१ मा बङ्गलादेश रक्तरञ्जित युद्धपछि पाकिस्तानबाट स्वतन्त्र भएको थियो । यस युद्धमा ३० लाखभन्दा बढी मानिस मारिएका थिए । त्यसबखत बङ्गलादेशका ८० प्रतिशतभन्दा बढी मानिस गरिबीको रेखामुनि थिए । भोकमरि र सैन्य सत्ताविद्रोह नियमित झैं थिए भने जुट उद्योग समेत अधिकांश उद्योगहरुमा पाकिस्तानी व्यवसायीको स्वामित्व थियो ।

अहिले, बङ्गलादेशको परिस्थिति फेरिएको छ । विगत चार दशकदेखि बङ्गलादेशका बारेमा गहिरो अध्ययन गर्नु भएका नर्वेजियाली अनुसन्धाता एरिक जी जान्सेनका अनुसार, बङ्गलादेशमा गरिबीको रेखामुनिको जनसंख्या अहिले १० प्रतिशतको हाराहारीमा मात्र छ । 

मुख्य बाली धानको उत्पादन तीन गुणाभन्दा बढी भइसकेको छ । सन् १९७१ मा मानिसको औसत आयु ४१ वर्ष रहेकामा अहिले त्यो ७३ वर्ष पुगिसकेको छ । विगत एक दशकमा बङ्गलादेशको अर्थतन्त्र वार्षिक ७ प्रतिशतको हाराहारीमा वृद्धि भएको छ र सन् २००० देखि प्रतिव्यक्ति जिडीपी पनि तीन गुणाभन्दा बढीले वृद्धि भएको छ । 

प्रधानमन्त्री शेख हसिनाको सरकारले सन् २०४१ सम्ममा बङ्गलादेशलाई “विकसित मुलुक”मा रुपान्तरण गर्ने योजना अघि सार्नु भएको छ । आर्थिक पक्षमा बङ्गलादेशले तिब्र गतिमा प्रगति गरिरहे पनि अधिकारकर्मीहरुले प्रधानमन्त्री हसिनाको शासनकालमा मानव अधिकार उल्लङ्घनका घटना बढेकामा सर्वत्र चिन्ता व्यक्त गरेका छन् । 

प्रधानमन्त्री हसिना सन् २००९ देखि लगातार बङ्गलादेशको प्रधानमन्त्री हुनुहुन्छ । उहाँ बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानकी छोरी पनि हुनुहुन्छ । मुख्य विपक्षी बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी) को

अवस्था नाजूक छ । पार्टी अध्यक्ष एवं हसिनाकी मुख्य प्रतिद्वन्द्वी खालेदा जिया हाल भ्रष्टाचारका कारण जेलमा हुनुहुन्छ भने उहाँको स्वास्थ्य अवस्था नाजूक छ । 

बीएनपीको भनाईमा आफ्ना कम्तीमा ३५ लाख कार्यकर्ता र समर्थकमाथि सन् २०१२ देखि मुद्दा लगाइएको छ । ठूलो संख्याका व्यक्तिहरु अहिले पनि जेलभित्र छन् । सुरक्षाकर्मीले गिरफ्तार गरिएका अरु पनि सैयौं व्यक्ति बेपत्ता छन्, बीएनपीको भनाई छ ।

सरकारी अधिकारीहरुले सरकारको आलोचना गर्नेमाथि कडा कारबाही गर्ने गरेका छन् । खासगरी अनलाइन वा सामाजिक सञ्जाल फेसबुकबाट हुने आलोचनालाई बङ्गलादेशमा कडा कारबाही हुने गरेको छ । सरकारले “डिजिटल सुरक्षा” कानुन समेत ल्याएको छ र यही कानुनको आडमा सरकारले सयौं पत्रकार, अधिकारकर्मी र अन्य व्यक्तिलाई गिरफ्तार गर्ने गरेको अधिकारकर्मीहरुले आरोप लगाएका छन् । 

यिनैमध्ये गिरफ्तार हुनु भएका एक व्यक्ति मुस्ताक अहमद हुनुहुन्छ । उहाँले फेसबुकमा प्रधानमन्त्री हसिनाको आलोचना गर्दै फेसबुकमा कोरोनाभाइरसको नियन्त्रणमा सरकारको लापरवाहीका बारेमा कडा टिप्पणी गर्नु भएको थियो । 

तर जेलमा बेहोस भएका ५३ वर्षीय लेखक मुस्ताकको गत फेब्रुअरीमा मृत्यु भएको थियो । यसको विरोधमा बङ्गलादेशमा केही दिन प्रदर्शनहरु पनि भएका थिए ।  अर्का ४५ वर्षीय कार्टुनिष्ट अहमद कबिर किशोर पनि १० महिनादेखि जेलमै छन् । 

उहाँले आफूलाई सुरक्षाकर्मीले यातना दिएको बताए पनि अधिकारीहरुले त्यसलाई अस्वीकार गरेका छन् । सरकारसँग निकट रहेका एक व्यवसायीका बारेमा कार्टुन बनाएको निहुँमा सरकारले आफूलाई गिरफ्तार गरेको कबिरको भनाई छ ।एएफपी

Share This Article
Facebook Email Copy Link Print
Previous Article प्युठानमा गाईभैँसीको उपचारका लागि ‘डोर टु डोर’
Next Article ब्राजिलमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या तीन लाख नाघ्यो
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

अर्थ/विकासकाठमाडौँ - KTMमुख्य समाचार

सुनको मूल्यमा सामान्य वृद्धि, यस्तो छ आजको भाउ!

1 year ago
काठमाडौँ - KTMटिप्स

सावधान ! पानीको कमी हुँदा यस्ता ७ समस्या आईलाग्छन्

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTM

हुवासिन सिमेन्टले शनिबारदेखि परीक्षण उत्पादन गर्ने

57 years ago
काठमाडौँ - KTMविश्व

श्रीलंकामा फेरि आपतकाल घोषणा

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?