२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानमा गाईभैँसीको उपचारका लागि ‘डोर टु डोर’

२०७७, १२ चैत्र बिहीबार ०८:३८

चैत १२, प्युठान । कृषि तथा पशुपक्षी विकास कार्यालय प्युठानले गाईभँैसीको उपचारका लागि ‘डोर टु डोर’कार्यक्रम सञ्चालन गरिरहेको छ ।  प्रदेश सरकारको कार्यक्रमानुसार गत फागुन २४ गतेदेखि जिल्लामा सो कार्यक्रम शुरु गरिएको हो । जिल्लाका व्यावसायिक रुपमा गाईभैँसीपालन र डेरी करिडोर क्षेत्रमा घरदैलो सेवा सञ्चालन गरिएको कार्यालयका पशु विकास अधिकृत डा हरिनारायण थारुले जानकारी दिनुभयो ।

दूधालु गाईभँैसीमा प्रजनन विकृति निवारणका लागि कार्यक्रम सञ्चालन गरिएको बताइएको छ ।  पहिलो चरणमा प्युठान नगरपालिकाका २१ गाईभँैसीको उपचार गरिएको छ । “एक पटकमा समस्याग्रस्त २० गोठमा जाने योजनानुसार कार्यक्रम सञ्चालन गरेका छौँ”, उहाँले भन्नुभयो, “पहिलो चरण सकायौ, अबको हप्ता, १० दिनमा दोस्रो चरण शुरु गर्छाैँ ।” पहिलो चरणमा प्युठान नगरपालिकामा गाईभैँसीको उपचार गरे पनि दोस्रो चरणमा अन्य क्षेत्रमा जाने उहाँले बताउनुभयो । गाईभैँसीको बाँझोपन, जुका, माटे, खनिजतत्व कमीबारे उपचार गरी पशुको प्रजनन स्वास्थ्य बढाउने लक्ष्य कार्यक्रमको रहेको पशु विकास अधिकृत थारुले बताउनुभयो । पशुको स्वास्थ्य परीक्षण गरी आवश्यक औषधि किसानलाई कार्यालयले निःशुल्क उपलब्ध गराउने गरेको छ ।

एक गाईभैँसीलाई उपचारका लागि व्यवस्थापकीय खर्चसहित रु १० हजार खर्च हुने बताइएको छ । “गाईभैँसीमा बाँझोपन भयो भने प्रजनन नहुने र दूध उत्पादन पनि नहुने हुन्छ”, उहाँले भन्नुभयो, “उपचारपश्चात् प्रजनन  हुने र दूध उत्पादन पनि हुनेछ ।”

कृषि कार्यालयले कार्यक्रम सञ्चालन गरेपछि किसान खुशी भएका छन् । कार्यालयबाट घरमै पुगेर सो सेवा दिनु राम्रो भएको प्युठान– ९ मरन्ठानाका किसान बोमबहादुर भण्डारीले बताउनुभयो । आफूले पालेको एउटा गाईमा  प्रजनन नहुने समस्या रहेको र कार्यालयबाट उपचारसँगै निःशुल्क औषधि पाएको उहाँले बताउनुभयो ।  प्रत्येक वर्ष एक पटक यस्ता कार्यक्रम गरेमा किसान लाभान्वित हुने उहाँले   बताउनुभयो ।कार्यालयका अनुसार जिल्लामा १३ हजार ४६१ मेट्रिक टन दूध उत्पादन हुने गरेको छ । अझै सात हजार २५४ मेटन दूध जिल्लाका लागि अपुग छ ।रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ