2026-06-28 08:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा ४३ हजार सङ्क्रमित थपिए

असार २३, नयाँ दिल्ली (रासस/एएनआई)। भारतमा कोरोनाभाइरसबाट थप ४३ हजार ७३३ जना नयाँ सङ्क्रमित भएका छन् । योसँगै भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या चार लाख ५९ हजार ९२० पुगेको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

भारतमा सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या थोरै भएको १०२ दिनपछि पहिलो पटक भएको पनि मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । अहिलेसम्म कुल सङ्क्रमित मध्ये १.५ प्रतिशत मात्रै अहिले सक्रिय सङ्क्रमित रहेका हुन् । 

भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या दुइ करोड ९७ लाख ९९ हजार ५३४ रहेको छ । ती मध्ये ४७ हजार २४० जना पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त भएका हुन् ।

यो तथ्याङ्क अनुसार भारतमा अहिले सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या ९७.१८ प्रतिशत रहेको छ ।  भारतको चिकित्सा अनुसन्धान परिषद्का अनुसार अहिलेसम्म ४२ करोड ३३ लाख ३२ हजार ९७ ओटा स्वाब परिक्षण गरिएको छ । ती मध्ये १९ लाख सात हजार २१६ जना पछिल्लो एक दिनमा गरिएको हो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी