2026-09-22 07:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

५ पटकको विश्वकप बिजेता अस्ट्रेलिया पराजित, फाइनलमा इंग्ल्याण्ड र न्युजिल्याण्ड भिड्ने

असार २६, काठमाडौं । जारी विश्वकप क्रिकेट दोश्रो सेमिफाइनल खेलमा इङ्ल्यान्डले अष्ट्रेलियालाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । घरेलु टोली समेत रहेको इंग्ल्याण्ड आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको हो । 

बिहीबार भएको खेलमा अस्ट्रेलियालाई इंग्ल्याण्डले ८ विकेटले पराजित गर्यो । खेल जितेसँगै विश्वकप क्रिकेट २०१९ को फाइनलमा इंग्ल्याण्ड र न्युजिल्यान्डबीच भेट पक्का भएको छ । फाइनल खेल १४ तारिखमा लर्डसमा हुँदैछ । 

आजको खेलमा इंग्ल्याण्डको एड्बेस्टोनमा अस्ट्रेलियाले दिएको २२४ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले ३२ ओभर १ बलमा मात्र २ विकेट गुमाउँदै २२६ रन पूरा गरेको हो । खेलमा इङ्ल्यान्डका लागि जेसन रोय अर्धशतकीय पारी खेले । उनले ६५ बल खेलेर ९ चौका र ५ छक्का प्रहार गर्दै ८५ रन बनाएका थिए । त्यस्तै इङ्ल्यान्डका र जोए रुटले ४९ रन जोड्दा इयान मोर्गान ४५ र जोन्नी बेयरिस्टो ३४ रनको योगदान गरेका थिए । खेलमा बलिङतर्फ अस्ट्रेलियाका लागि मिचल स्टार्क र प्याट कमिन्सले समान एक–एक विकेट लिएका थिए । 

खेलमा टस जितेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले ४९ ओभरमा सबै विकेट गुमाएर २२३ रन मात्र बनाउन सकेको थियो । इंग्ल्याण्ड विरुद्धको खेलमा अस्ट्रेलियाका लागि स्टेभन स्मिथले सर्वाधिक ८५ रन बनाए । उनले १ सय १९ बल  खेल्दै ६ चौका प्रहार गरेका थिए । त्यस्तै मिचेल स्टार्कले २९ रनको योगदान दिए भने एलेक्स केरीले ४६ रनको योगदान गरे । खेलमा ग्लेन म्याक्सवेलले २२ रन बनाए भने ओपनर डेबिड वार्नरले ९ रन मात्र जोड्न सके । खेलमा नाथन लियोनले ५ रन बनाए भने जेसन बेरेनड्रफले १ रन मात्र बनाएर आउट भए । अष्ट्रेलियालाई २२३ रनको स्कोरमा समेट्ने क्रममा इङल्यान्डका क्रिस वोक्स र आदिल रासिदले समान तीन–तीन विकेट लिए । त्यस्तै जोफ्रा आर्चर र मार्क वुडले एक/एक विकेट लिए । 

यो पटकको विश्वकपको आयोजक समेत रहेको इङ्ल्यान्डले अहिलेसम्म विश्वकपमा उपाधि उचाल्न सकेको छैन । विश्वकपको दावेदार मानिएको अष्ट्रेलिया भने सेमिफाइनलबाटै बाहिरिएको छ  । मंगलबार र बुधबारको खेलबाट न्युजिल्याण्डद्वारा भारत पराजित भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केन्द्रीय समितिमा ८० प्रतिशतभन्दा बढीले ओलीको प्रतिवेदन समर्थन गरे : महेश बस्नेत कालोबजारी नियन्त्रण गर्न सरकार निर्मम बन्नुपर्छ : रमेश प्रसाईं सांसदहरूलाई सभामुख अर्यालको निर्देशन : प्रतिनिधि सभा मर्यादित र उत्कृष्ट बनाऔँ श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ शहीदका लागि न्याय खोज्न संसदमा आएकी हुँ, पदको लालचले होइन : सांसद खतिवडा दोषीलाई पक्राउ गर्न नसके कुर्सीमा किन बसिराख्ने? सरकारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न समाजको कुनै वर्गले अन्यायको अनुभव गरिरहेसम्म राष्ट्रको जग मजबुत हुन सक्दैन : सांसद थपलिया बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात प्रत्येक ट्राफिक प्रहरीले आफ्नो ज्यानमा क्यामेरा जडान गर्नुपर्‍यो : आषिका तामाङ कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित