कात्तिक २१, न्युयोर्क | एजेन्सी | चीनसँग ठूलो परिणाममा आणविक हतियार हुन सक्ने अमेरिकाले दाबी गरेको छ । चीनले अनुमान गरेभन्दा बढी आणविक हतियार विकसित गरेको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको हो ।

रक्षा मन्त्रालयको एक पछिल्लो प्रतिवेदनअनुसार सन् २०२७ सम्म चीनसँग ७०० ओटा आणविक हतियार हुनेछ । चीनले आणविक हतियारको सख्ंयालाई सन् २०३० मा १ हजार पुर्याउने प्रतिवेदनमा उल्लेख छ ।

'जनगणतन्त्र चीनले स्थल, समुद्र र वायुमा चल्ने आणविक शक्ति तीब्र पारिरहेको छ,' प्रतिवेदनमा भनिएको छ ।

पछिल्लो समयमा अमेरिका, रसिया र चीनबीच आणविक होड चलेको छ । एक साताअघि मात्र चीनले आवाजभन्दा चाँडो पुग्ने आणविक हतियार परीक्षण गरेको थियो । चीनको परीक्षणपछि परम्परागत प्रतिद्वन्द्वी मुलुक अमेरिका झस्किएको थियो ।

यो होडमा उत्तर कोरिया पनि जोडिएको छ । प्रतिबन्धबाबजुद उत्तर कोरियाले बारम्बार आणविक परीक्षण गरेको विश्व समुदायले बताउँदै आएको छ । उत्तर कोरियाको एक महिनामै तीन ओटा आणविक परीक्षण गरेको छ ।

Related News